जनजागरणका लागि एमालेको जुलुस

जनजागरणका लागि एमालेको जुलुस

चितवनको भरतपुरमा सत्तारुढ नेकपा एमालेले बृहत र्‍याली निकालेको छ । ‘प्रतिगामी चलखेललाई परास्त गरौँ, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्दै गणतन्त्र र संविधानको रक्षाको लागि चौबीसकोठी चोकमा जागरण सभा गर्न जिल्ला प्रहरी कार्यालय अगाडि गेष्ट हाउस चौरबाट केही बेरअघि र्याली निस्केको हो । 

नाराबाजीसहितको र्‍यालीचौबीसकोठी पुगेर सभामा परिणत हुनेछ । एमालेको वडा तथा जिल्लादेखि केन्द्रीयस्तरका नेता-कार्यकर्ता कार्यक्रममा सहभागी देखिन्छन् ।

र्‍यालीका क्रममा 'नेकपा एमाले जिन्दावाद', 'लोकतान्त्रिक गणतन्त्र जिन्दावाद', 'संघीय लोकतान्त्रिक व्यवस्था जिन्दावाद', 'जनताको बहुदलीय जनवाद जिन्दावाद', 'आगो लगाएर पत्रकार हत्या गर्न पाइँदैन, मण्डलेहरु चाहिँदैन', वंशीय शासन चाहिँदैन’ जस्ता नारा घन्काईएको छ ।

टिप्पणीहरू