थाइ समकक्षीसँग भेटवार्ता, मोदीसँग अझै अनिर्णित

थाइल्याण्ड भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री पाएतोङतारन शिनवात्रासँग औपचारिक भेट गर्नुभएको छ । ५० जनाको जम्बो टोलीसहित हिजो बैंकक पुग्नुभएका प्रधानमन्त्रीको उपस्थितिमा दुई मुलुकबीच आठवटा सम्झौता तथा सहमतिहरु भएका छन् ।
भोलिदेखि शुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नै त्यहाँ पुग्ने कार्यक्रम छ । पर्सि सम्मेलनमा उपस्थित भएर औपचारिक समापन अगावै उनी श्रीलंकाको तीन दिने भ्रमणका लागि उतैबाट कोलम्बो प्रस्थान गर्ने बताइएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार नेपाली अधिकारीहरुले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच साइडलाइन भेटवार्ताको लागि पहल गरेका छन् । तर, भारतीय पक्षबाट त्यसबारे ठ्याक्कै नभनेकाले भेटवार्ता अझै अनिश्चित देखिएको हो ।
टिप्पणीहरू