म्यान्मारको पीडामा नेपाली सेनाको मल्हम

महाभूकम्पको पीडामा रहेको म्यान्मारलाई नेपाली सेनाले राहत सामाग्री सहयोग गरेको छ । सेनाले आज एक जहाज खाद्यान्न, लत्ताकपडा र मेडिकल सामग्री पठाएको हो ।
प्रमुख सेनानी जयराम थापाको कमाण्डमा एनए-०६२ जहाज राहत सामाग्री बोकेर बिहान पौने ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मध्यएयर वेशबाट म्यान्मार उडेको बताइएको छ । शुक्रबार गएको ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठूलो धनजनको क्षति पुर्याएको छ ।
अहिलेसम्म एक हजार भन्दा बढीको ज्यान जानुका साथै साढे २ हजार हाराहारीमा मानिसहरु घाइते भएको त्यहाँको सरकारी संयन्त्रले जानकारी दिएको छ । मृत्यु हुनेमा १७ जना नेपालीभाषीसमेत रहेको बताइएको छ ।
टिप्पणीहरू