कुलमान र हितेन्द्रदेवको मुद्दा फेरि हेर्दाहेदैमा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट आज पनि हेर्दाहेर्दैमा गएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज पेसी चढेको मुद्दा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । यो मुद्दामा पहिलो सुनुवाई गर्दै शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । 

आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारङ्गा सुवेदीको १ नम्बर इजलासमा पेसी चढेको मुद्दा स्थगित भएको थियो । घिसिङ्ग र शाक्यको फरक–फरक रिटलाई एकै ठाउँमा राखी अग्राधिकार दिइएको यो मुद्दा हिजो पनि हेर्दाहेर्दैमा परेको थियो ।

टिप्पणीहरू