रास्वपा नेता पनि भाटभटेनीको रक्सी चोरीमा संलग्न

रास्वपा नेता पनि भाटभटेनीको रक्सी  चोरीमा संलग्न

तीनकुने घटनामा पक्राउ परेका एक जना व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लास्तरीय नेता रहेको खुलेको छ । चैत १५ गते राजावादीले आयोजना गरेको सभा हिंसात्मक घटनामा परिणत हुँदा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाउने खोटाङका डा. राजकुमार राई रहेको खुलेको हो । उनी निर्वाचन क्षेत्र सभापति एवं जिल्ला कमिटीको पदाधिकारी रहेको बुझिएको छ । 

घटना भएको दिन प्रदर्शनकारीले भाटभटेनीको मूल गेट नै फोडेर लिपस्टिक,गाजल,कपडादेखि फ्रिज, टिभी र मोबाइलसम्म चोरेका थिए । पक्राउ परेका राईविरुद्ध भने विदेशी ब्राण्डको मदिरा चोरेको आरोप छ । 

‘उहाँ बौद्धिक मान्छे नै हो, तर कसरी त्यहाँ जानुभयो,थाहा भएन । अहिले कलेजको निर्देशक देवराज पौडेल छन्, राईले जिम्मेवारी त्यागेको चार पाँच वर्ष भयो ।’

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी डेढ वर्षअघि रास्वपामा प्रवेश गरेका थिए । उनले अमेरिकाबाट पिएचडी गरेका छन् । उनी बालकुमारीस्थित सिसिआरसी कलेजका पूर्व निर्देशकसमेत हुन् । कलेज स्रोतका अनुसार उनले चार/पाँच वर्षअघि पूर्णकालीन राजनीति गर्ने भन्दै निर्देशकको जिम्मेवारी त्यागेका थिए । स्रोत भन्छ, ‘उहाँ बौद्धिक मान्छे नै हो, तर कसरी त्यहाँ जानुभयो,थाहा भएन । अहिले कलेजको निर्देशक देवराज पौडेल छन्, राईले जिम्मेवारी त्यागेको चार पाँच वर्ष भयो ।’

सामाजिक सञ्चालमा सार्वजनिक भएका भिडियोमा राई घटनाका भएको दिन बिहानैबाट तीनकुने परिसरमा देखिएका छन् । उनले हातमा नेपालको झण्डा बोकेर राजसंस्थाको पक्षमा नारा पनि लगाएका थिए । प्रहरीले हिजो ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू