वायुसेवा निगमले गर्याे बोहराको योगदानकाे स्मरण

वायुसेवा निगमले गर्याे बोहराको योगदानकाे स्मरण

नेपाल वायुसेवा निगमले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, सांसद एवम् पूर्वमन्त्री दीपक बोहराले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा हवाई माध्यममार्फत जोड्न निर्वाह गरेको भूमिका स्मरणीय रहने बताएको छ । बोहराको निधनले निगम परिवारलाई अत्यन्त मर्माहित र दुःखी तुल्याएको उल्लेख गर्दै पर्यटनमन्त्रीको जिम्मेवारीमा रहँदा दुई वटा बोइङ्ग जहाज किन्ने निर्णयलगायतका योगदानहरु सदा स्मरण गरिरहने बताएको छ । 

‘उहाँको निधनको खबरले नेपाल वायुसेवा परिवार अत्यन्त मर्माहित र दुःखी भएको छ । दिवंगत आत्माको भीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं,’ निगमले भनेको छ, ‘उहाँ पर्यटनमन्त्री रहेको समयमा उहाँको नेतृत्वमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा हवाई माध्यमबाट जोड्न महत्त्वपूर्ण भूमिका रहेको दुई वटा बोइङ्ग ७५९ जहाजहरु किन्ने निर्णयलगायतका उल्लेखनीय योगदानहरुलाई निगमले सदा स्मरण गरिरहने छ ।’

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा अस्ति निधन भएको थियो । घाँटीको क्यान्सरका कारण तीन वर्षदेखि अशक्त थिए ।

टिप्पणीहरू