मधेशवादी दलहरुको मोर्चामा अशोक राईको जसपा ‘आउट’

मधेशवादी दलहरुको मोर्चामा अशोक राईको जसपा ‘आउट’

मधेश केन्द्रित सात राजनीतिक दलले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् । आज बानेश्वरको थापागाउँस्थित एक पार्टी प्यालेसमा आयोजित विशेष कार्यक्रममा उनीहरुले सात दलीय संयुक्त मोर्चा सार्वजनिक गरेका हुन् । 

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा, महन्थ ठाकुरको लोसपा, डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीको आबद्धता छ ।  

मोर्चामा उपेन्द्रबाट फुटेर बनेको अशोक राईको जसपालाई भने सामेल गरिएको छैन । यसअघि उक्त पार्टीलाई पनि स्थान दिने भनिएकोमा दल विभाजनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले अप्ठेरो परेको बताइएको छ ।  

सातै पार्टीका अध्यक्षले हस्ताक्षर गरेको अवधारणा पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा आधारित विभेदरहीत समतामूलक व्यवस्था स्थापना गर्ने साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चा गठन गर्न सहमत भएको जनाइएको छ । मोर्चाले २६ वटा उद्देश्य र राजनीतिक प्रतिबद्धता अघि सारेको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको नारासहित सत्तामा गठबन्धन गरेपछि समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टिनसक्ने खतरा औँल्याउदै आएका मधेशी दलहरु लामो समयदेखि मोर्चाबन्दीको तयारीमा थिए । त्यसनिम्ति कार्यदल बनाएर छलफल चलाउँदै आएका उनीहरु अन्ततः एक ठाउँमा उभिन तयार भएका हुन् ।

 

 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...

टिप्पणीहरू