भन्सार शुल्क बढाउने अमेरिकी निर्णयलाई चीनको जवाफ

भन्सार शुल्क बढाउने अमेरिकी निर्णयलाई चीनको जवाफ

चीनले अमेरिकाबाट आयात गरिने सामानमा थप भन्सार शुल्क लगाउने घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाबाट आयात गरिने सामानमा आगामी बिहीबारदेखि थप ३४ प्रतिशत भन्सार कर बढाइएको घोषणा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलगायत विश्वका अधिकांश मुलुकबाट आयात हुने सामानमा भन्सार दर बढाएपछि चीनको राज्य परिषद्अन्तर्गत भन्सार महशुल आयोगले उक्त जवाफ दिएको हो ।

अमेरिकाले पछिल्लो समय बढाएको भन्सार करसमेत जोड्दा चिनियाँ सामानहरुमा ४३ प्रतिशतसम्म कर लगाइएको छ ।

पारस्परिकताको बहानामा अमेरिकाले चीनलगायत विश्वका धेरै मुलुकबाट आयात गरिने सामानमा कर लगाएको हो । यसले विश्व व्यापार संगठन (डब्लुटिओ) का आधारभूत नियम र सिद्धान्तहरूको गम्भीर रूपमा उल्लंघन भएको चीनको ठहर छ । अमेरिकाको पछिल्लो निर्णयले विश्व व्यापार संगठनको मूलभूत आधार बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर बनाउने भएकाले चीनले दृढतापूर्वक अमेरिकी निर्णयको अस्वीकार गर्दै विश्व व्यापार संगठनमा यसअघि नै उजुरी दर्ता गराइसकेको छ ।

टिप्पणीहरू