राप्रपालाई धकेल्दै दुर्गा प्रसाईंकै ठाउँमा पुर्याइयो

राप्रपालाई धकेल्दै दुर्गा प्रसाईंकै ठाउँमा पुर्याइयो फाइल फाेटाे

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोलि राजधानीमा हुने प्रदर्शन तथा विरोधसभा पह्रार दुर्गा प्रसाईका निम्ति तोकिएकै स्थानमा गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय,काठमाडौंले प्रदर्शनी मार्गको सट्टा सिफल वा बल्खुमा कार्यक्रम गर्न लिखित विकल्प दिएको छ । 

दुई वर्षअघि दुर्गा प्रसाईंको समूहले राजतन्त्रको पक्षमा राखेको विरोध प्रदर्शनका निम्ति  बल्खु तोकिएको थियो । त्यहाँ पनि प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भयो । भोलि राखिएको कार्यक्रम जनमोर्चालगायत विभिन्न समूहको पूर्व निर्धारित विरोध प्रदर्शनका कारण  सिफल वा बल्खुमा सार्न राप्रपालाई भनिएको हो । जिल्ला प्रशासन कार्यालयले ‘सुरक्षा संवेदनशीलता’ भन्दै शहरको केन्द्र भागबाट राप्रपालाई यसरी किनारामा धकेलेको छ ।

 

राप्रपा बागमती प्रदेश कार्यसमितिले आयोजना गर्न लागेको विरोध प्रदर्शनको कार्यक्रम सुन्धारामा भेला भएर जुलुससहित भृकुटीमण्डपमा पुग्ने थियो । अब भने बल्खुमा जम्मा भएर त्यहीँ आमसभा गर्ने हिसाबले कुरा मिलाइएको छ । 

२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेको दिन पारेर राप्रपाले कार्यक्रम गर्न लागेको सम्बन्धमा उक्त पार्टीका एक जना नेता भन्छन्, ‘चैत १५ अघि गर्ने कुरा हो तर एसईई परीक्षाका कारण धकेलियो । त्यसपछि दुर्गा प्रसाईंले कार्यक्रम गरे । गत वर्ष पनि चैत २७ गते यस्तै कार्यक्रम राखिएको थियो ।’

टिप्पणीहरू