स्वास्थ्य जाँचपछि कारागारमा रवि

स्वास्थ्य जाँचपछि कारागारमा रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवास्थित जिल्ला कारागार चलान गरिएको छ । केहीबेर अघि जिल्ला अदालत रूपन्देहीमा पेश गरेपछि लामिछानेलाई कारागार लगिएको हो ।

उनलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । त्यसअघि लामिछानेको स्वास्थ्य अवस्था जाँच गरिएको थियो ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति राजधानीमा पक्राउ परेका उनलाई अस्ति भैरहवा लगिएको थियो । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालतले जिल्ला अदालतको आदेश उल्टाइदिएपछि शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका हुन् ।

जिल्लाले रविलाई माघ १३ गते एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । शुक्रबारको रात काठमाडौंमा राखिएका उनलाई अस्ति र हिजो जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएको थियो ।

टिप्पणीहरू