जसले गर्दा आरआरमा चुनावै भएन

के लेखिएको थियो र त्यति सानाे कागजमा

जसले गर्दा आरआरमा चुनावै भएन

डा. विनोद मञ्जन क्याम्पस हातामै थिए । एउटा अञ्जान व्यक्ति हातमा बेनामे पत्र थमाएर बाहिरियो । पत्र पढेर उनी छाँगाबाट खसेजस्तै भए । पत्रको सार थियो, ‘नेविसंघले क्याम्पस प्रशासनको र सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद आचार्यको सहयोगमा ५ हजार १ सय जनाभन्दा बढी मतदाता अर्थात् विद्यार्थीको सम्पूर्ण विवरण लिएको र ५ सयभन्दा बढी विद्यार्थी परिचय पत्र बनाएको’ उनी किन पनि बेचैन भए भने ०५७–०६० स्ववियु सभापति यिनैले चलाएका थिए । स्ववियुको कार्यकाल सकिएपछि त्यहीँ पढाउन थाले । अहिले प्राध्यापक संघको सभापतिसमेत छन् । उनले केही विद्यार्थी नेतालाई फोन घुमाए र वास्तविकता बुझे । फोन राख्दै गर्दा उनले ‘जेसुकै गर केटा हो, बिरासतचाहिँ नढाल है’ भने । 

पद्मकन्यामा अखिलको प्रतिनिधि शून्य 

२०७३ सालदेखि स्ववियुमा नयाँ विनियम बन्यो । मिश्रित निर्वाचन प्रणाली । जसमा स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपाध्यक्ष उपसचिव समानुपातिक हुने संख्या हेरेर सदस्य निर्धारण गरिने प्रावधान छ । अहिलेको स्ववियुमा प्रत्यक्ष नजिते पनि समानुपातिकतर्फ राम्रो मत ल्याउँदा प्रतिनिधिका निम्ति ठाउँ छ । 

तर, पिके यस्तो क्याम्पस हो जहाँ माओवादीनिकट क्रान्तिकारीले २ सिट पाउँदा एमाले अखिल शून्य प्रतिनिधि पाएर हेरेको हे¥यै भएको छ । सात हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पसमा १ जनासमेत सदस्य ल्याउन नसक्नु राम्रो लक्षण होइन । त्यही  क्याम्पसबाट अखिल पदाधिकारीमा २ जना र स्थायी कमिटीमा एक जनाले प्रतिनिधित्व गरेका छन् । 

पाटन र आर आरमा टुंगो छैन 

बिहानको ६ नबज्दै विद्यार्थीहरू मत हाल्न क्याम्पसको गेटमा लाइन लागिसकेका थिए । तर २÷३ घण्टाभन्दा बढी उभिएपछि निर्वाचन अचानक स्थगित गरिएको सूचना आयो । कुरा हो गत चैत १६ शनिबारको । चुनाव स्थगनको कारण समाजवादी विद्यार्थीले ताला लगाएको । तर, मूल कारण नेविसंघको आन्तरिक झगडा भन्ने बुझिन्छ । 

यता, आर आरमा पनि त्यही दिनलाई तोकिएको तियो । तर, मध्यरात क्याम्पसले १५ गतेको विषम घटनालाई कारण देखाउँदै निर्वाचन रोकेको छ । १६ गतेको निर्वाचन रोक्न पूर्वविद्यार्थी नेताहरूसमेत जोडतोडसाथ लागेको आरोप छ । स्ववियुको प्रतिनिधित्व गरेका एक पूर्वनेता भन्छन्, ‘अहिलेको कमिटी यति लाथालिंग रहेछ कि २–३ सय कार्यकर्ता र विद्यार्थी जम्मा गर भन्दा पनि गाह्रो । हाम्रा पालामा ५–७ सय कार्यकर्ता सुसेलीको भरमा भेला हुन्थे ।’ आर आर कमिटीको बैठक नबसेको एक वर्षभन्दा बढी भइसकेछ । 

त्रिविमा एमाले अखिलको सिद्धान्त भट्ट ८ मतले पराजित  

त्रिवि केन्द्रित क्याम्पसमा निर्वाचन मिति तोकिँदै स्थगित हुँदै गर्दा १८ गते काम  सम्पन्न भयो । केही बेरमा परिणामसमेत आयो । मतगणनामा शुरुदेखि नै २÷४ मतले अखिल र नेविसंघबीच प्रतिस्पर्धा देखियो । अन्तिममा अध्यक्षबाहेक सबैमा अखिल शानदार विजयी भयो । तर, नेविसंघ अध्यक्ष जित्न सफल भयो ८ मतले । अखिलले केही समयअघि कारबाही गरेका उज्ज्वल खड्काले ५१५ मत ल्याउन सफल भए । सिद्धान्त भट्ट हार्नुको कारणबारे अखिलका एक पदाधिकारीले यसरी बेलिविस्तार लगाए ।

१. अरुले उम्मेदवार घोषणा गर्नुअघि नै अखिलले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका (केन्द्रीय सदस्य) उज्ज्वल खड्काले स्वतन्त्र लड्ने घोषणा गर्नु । 
२.उनलाई बझाङमा संघीय संसद हारेका, विभिन्न काण्डमा मुछिएका ऐन महरले रु. ५० हजार दिएर तयारी थाल्न निर्देशन दिए ।
३.उम्मेदवार दर्ताको अन्तिमसम्म पनि ऐन महर उज्ज्वललाई अखिल टिमको सचिव बनाउन खुबै प्रयत्न गरे तर सकेनन् । 
४. ऐन महर भोट माग्न पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलसंगै त्रिविमा धाइरहे । प्रत्यक्ष सहयोग गर्दा थाहा हुने डरले पंकज भण्डारीमार्फत निरन्तर सहयोग जारी राखे । पंकज अहिले बझाङ एमालेकोे उपसचिव छन् भने अखिलका पूर्व नेतासमेत हुन् ।
५. भेगीय, क्षेत्रीय (सुदूरपश्चिम) भोट आउनु तर अखिलकै सामान्य कार्यकर्तामा उज्ज्वललाई अन्याय भएको भाष्य निर्माण गरिनु कत्तिको ठीक थियो । 
६. उज्ज्वललाई प्रतिस्पर्धी नै ठानिएन । 
७. उज्ज्वलले ल्याएको ५१५ मध्ये कम्तीमा ३ सय मत अखिलकै हो नत्र सचिवले ९५२ कसरी पाए ? 

जे रोप्यो त्यही फल्यो

आर आर क्याम्पसमा पढ्थे उज्ज्वल खड्का । अखिलमा निकै सक्रिय ऐन र समिकको निर्देशनमा तत्कालिन बागमती प्रदेश अध्यक्ष पंकज भण्डारीले क्याम्पसमा अध्यक्षसमेत बनाए तर समन्वय नभएको भन्दै क्याम्पस जिल्ला कमिटीले मान्यता दिएन । त्यताका अध्यक्ष थिए, नरेन्द्र न्यौपाने । 

उज्ज्वललाई आरसी लामिछानेविरुद्ध मज्जाले प्रयोग गरियो । आरसीलाई अखिलको अधिवेशन चौतर्फी घेराबन्दी गरिएको थियो । सोही महाधिवेशनबाट उज्ज्वल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनी विस्तारै मात्तिँदै गए । त्रिविको कार्यक्रममै केन्द्रीय सचिवमाथि हातपात गरेपछि साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परे । स्ववियुको इतिहासमा अखिल आजसम्म दोश्रो भएको थिएन, यसपालिको अवस्था दुःखद रह्यो ।

 

जन आस्था साप्ताहिकको गत अंकबाट साभार

टिप्पणीहरू