तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको आर्थिक सहयोग र रोजगारी

तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको आर्थिक सहयोग र रोजगारी

तीनकुनेको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केटले आर्थिक सहयोग गरेको छ । उक्त घटनामा मारिएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनीले रोजगारीको प्रतिबद्धता जनाएको छ ।

सुपरस्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

चैत १५ गते राजावादीहरुले प्रदर्शनपछि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट र तोडफोड गरेका थिए ।

टिप्पणीहरू