राष्ट्रपति ‘पदमा बस्न अयोग्य’ भन्दै महाभियोगको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘पदमा बस्न योग्य नरहेको’ जनाउँदै रिपब्लिकन सांसदले महाभियोगको प्रस्ताव दर्ता गर्ने भएका छन् । टेक्सासका सांसद अल ग्रिनले आगामी ३० दिनभित्र ट्रम्पविरुद्धको प्रस्ताव हाउस अफ रिप्रेजेन्टेटिभमा प्रस्तुत गर्ने बताएका छन् ।
ट्रम्प सरकारले लिएको पछिल्लो नीतिविरुद्ध गत साता अमेरिकामा देशव्यापी प्रदर्शन भएको थियो । राष्ट्रपति र इलन मस्कले सर्वसाधारणको दैनिकीलाई असहज बनाएको आरोप प्रदर्शनकारीहरुको छ । गत फेब्रुअरी ५ का दिन सिनेटसमक्ष दिएको भाषणमा राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि गाजाको भूभाग कब्जा गर्नुपर्ने प्रस्ताव अगाडि सारेपछि पनि ग्रिनले राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने बताएका थिए ।
राष्ट्रपतिलाई दोषी ठहर गर्न सिनेटको दुई तिहाइ बहुमत चाहिन्छ । तर,तल्लो सदन र माथिल्लो सदन दुबैमा यतिखेर राष्ट्रपतिको पार्टी (रिपब्लिकन)को बहुमत छ ।
टिप्पणीहरू