राजावादी तातेसङ्गै सुरक्षा प्रमुखहरुको समीक्षा

राजावादी तातेसङ्गै सुरक्षा प्रमुखहरुको समीक्षा

चैत १५ गतेको राजावादी वितण्डापछि नियमितजस्तो बस्ने गरेको सुरक्षा प्रमुखहरुको बैठक आजलाई पनि राखिएको छ । अपराह्न ३ बजे गृह मन्त्रालयमा बस्ने बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक रणनीति बनाउने छ । 

बैठकमा तीन वटै प्रहरी संगठनका प्रमुख र नेपाली सेनाको प्रतिनिधित्व रहने बताइएको छ । पछिल्लो समय राजावादी गतिविधिले काठमाडौँसहित देशका मुख्य शहरमा सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ । र, विभिन्न नाममा भैरहेका राजावादी हर्कतलाई नजिकबाट नियालिरहेका सुरक्षा प्रमुख राप्रपाको हिजोको प्रदर्शनपछि आज छलफल गर्न लागेका हुन् । 

नेपालमा चैत महिनालाई आन्दोलनको महिना पनि भनिन्छ । यो वर्ष चैत लागेसँगै विभिन्न समूह सडकमा ओर्लिएका छन् । व्यवस्था उल्ट्याउने घोषणा गरेका राजावादीदेखि गणतन्त्र पक्षधर शक्तिले एक चरण सडक तताइसकेका छन् । संघीयताविरुद्ध जनमोर्चाको आन्दोलन चलिरहेको छ भने प्रभु साहको आजपा पनि सडकमै छ । 

राजनीतिक नारा बोक्ने पक्ष मात्र होइन सहकारी पीडित, शिक्षक हुँदै कुलमान घिसिङ समर्थकहरू पनि आन्दोलित छन् । तर,  चैत १५ गते तीनकुनेमा विध्वंस मच्याएकाले राजावादीहरुबाट खतरा महसुस गरेको सुरक्षा निकायले शान्तिपूर्ण प्रदर्शन गरिरहेका अन्य समूहलाई भने धेरै चुनौतीपूर्ण ठानेको देखिंदैन । 

तीनकुने प्रकरणपछि केही राजावादी अभियन्ता र राप्रपाका नेता सुरक्षा निकायको निगरानीमा परेका छन् । राष्ट्रिय अनुसन्धान विभाग स्रोतका अनुसार पूर्वराजाको नाममा सडक र सामाजिक सञ्जालमा उग्रता देखाउने  केही ठूलै नेताको पछाडि सुराकीसमेत परिचालन गरिएको ।
 

टिप्पणीहरू