म्यानमारमा राहत छाडेर फर्कियो नेपाली टोली

म्यानमारमा राहत छाडेर फर्कियो नेपाली टोली

म्यानमारका भूकम्प पीडितलाई नेपाल सरकारले पठाएको २७ टन तत्काल राहत सामग्री हस्तान्तरण गरिएको छ । विशेषगरी खाद्यान्न, भाँडाकुँडा, औषधि, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टलगायतका सामग्री लगिएको छ । 

गएराति काठमाडौंबाट उडेको नेपाल वायुसेवाको विमानमा लगिएका ती सामान आज बिहान म्यानमारको राजधानी नेपितस्थित विमानस्थलमा त्यहाँका अधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो । नेपालले झण्डै डेढ करोड रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हो । 

उक्त सामग्री लिएर परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी नेतृत्वको टोली गएको थियोे  । यसअघि नेपाली सेनाको एउटा टोली उद्धार सामग्री र औषधि बोकेर गएकोमा अहिले पनि भूकम्प पीडितहरुको उपचारमा संलग्न छ ।

भूकम्पमा परेर हालसम्म तीन हजार ५९१ जनाको मृत्यु भइसकेको छ । हजारौं घाइते र झण्डै डेढ सयको खोजी जारी छ ।

टिप्पणीहरू