बबरमहलमा सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौंको बबरमहलमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मोटरसाइकल र स्कुटर ठोक्किँदा अन्य दुई जना घाइते छन् ।
प्रहरीका अनुसार प्र.२–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र.३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । सो क्रममा मोटरसाइकल चालकको निधन भएको हो ।
मोटरसाइकल चालकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते अन्य दुई जनाको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
टिप्पणीहरू