वीरगञ्जमा कर्फ्यु आदेश

वीरगञ्जमा कर्फ्यु आदेश

वीरगञ्जमा कफ्र्यु लगाइएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप र त्यसपछि भएको आगजनी पश्चात् जिल्ला प्रशासन कार्यालय, पर्साले कर्फ्यु आदेश जारी गरेको छ ।

आज हिन्दूहरुले निकालेको हनुमान जयन्तीको शोभायात्रामा दुई समुदायबीच झडप भएको थियो । त्यसपछि भएको आगजनीले अवस्था तनावग्रस्त देखिएकाले प्रशासनले कर्फ्यु लगाएको हो । 

कर्फ्यु पूर्वमा भेडियाही चोक, वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल र महानगरपालिका–२५, उत्तरमा गण्डक चोक र महागरपालिका– १४ वडा तथा दक्षिणतर्फ शंकराचार्य गेट र वीरगंज महानगरपालिका– १६ को क्षेत्रमा कफ्र्यु लगाइएको छ ।

टिप्पणीहरू