बैठकमा किन भावविभोर भए लेखराज कमरेड ?

बैठकमा किन भावविभोर भए लेखराज कमरेड ?

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको बैठकमा इन्चार्ज लेखराज भट्ट आफ्नो कठालो समातिएको कुरा बाहिर गएकोमा तनाव लिँदै रोएका छन् ।राजेन्द्रसिंह रावलले पार्टी कार्यालय च्यासल र मेरै घरमा दुईपटक कठालो समाते,त्यो कुरा मैले श्रीमतीलाई पनि भनेको थिइन तर तपाईंहरुले मिडियामा पुर्याउनुभयो भन्ने गुनासो पोख्दै भट्ट शनिवारको बैठकमा भक्कानिएका हुन् ।

"मेरा अनेक अडियो आउँछन्, आज पनि मेरो कुरा रेकर्ड गर्नुस् कि मिडियामा लेखाउनुस्,मेरो कठालो समातेको कुरा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भनिसकेको छु-उनले बैठकमा भने ।

एमालेका केन्द्रीय सचिव लेखराज त्यत्तिमै रोकिएनन् रावललाई धम्की दिँदै भने-मैले जनयुध्दमा माओवादी सेनाका दुईवटा डिभिजन चलाएको हो, चाहेको भए जे पनि गर्नसक्थेँ तर सहेर बसेको छु ।

सुदूरपश्चिम इन्चार्ज भट्टले भने म माओवादीमा पारिवारिककरण देखेर दिक्क भएर एमाले बसेको हुँ,अहिले पनि त्यहाँ मेरो लागि ढोका खुला छ तर म एमाले बनाउन लागेको छु एमाले बनाउनकै लागि कर्णाली इन्चार्ज हुँदा एक कट्टा जग्गा बेचे । उनले आफूले भीम रावल इन्चार्ज हुँदा कसैका कुरा सुनिदैनथ्यो मैले रावल भन्दा राम्रोसित छलफल गराएर पार्टीको काम गरे पनि सुख नदिएको संकेत गरे ।

नेता भट्टले नारदको प्रदेशका मन्त्रीसंग घुस लिने बारेको छलफलको अडियो यस्तो आयो कार्वाही गरौ भनेर राजेन्द्र रावलले भनेको तर आफूले किन कार्वाही गर्ने भन्दा कठालो समातेको बताए पनि भट्टकै घरमा किन कठालो समातेको हो भन्ने खुलाएनन् ।

भट्टको कठालो समातेको कुरा जनआस्था साप्ताहिक र जनआस्था अनलाइनले गत साता बाहिर ल्याएको थियो । बैठकमा अधिकांश जिल्ला अध्यक्षहरुले रावलले कठालो समातेको विषय के हो प्रस्ट पार्नुपर्छ भन्दा इन्चार्ज भट्टले सो घटना बारे नालीबेली सुनाएका थिए ।

आफ्नो विषयमा छलफल र चर्चा हुने थाहा पाएपछि पोलिटव्युरो सदस्य समेत रहेका राजेन्द्रसिंह रावल भने बैठकमा अनुपस्थित थिए । एमाले कार्यकर्ताहरु भने भट्ट र रावल विवादलाई लिएर दुवै जना पार्टी हीतमा काम नगर्ने तर केपी ओलीका खास हौ भनेर छहारी खोज्न प्रतिस्पर्धा गरिरहेको चर्चा गर्ने गर्दछन् ।

टिप्पणीहरू