सभापति जेल परेपछि सुमनाको 'गुप्त अभियान'

सभापति जेल परेपछि सुमनाको 'गुप्त अभियान'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामा गएपछि नेता-कार्यकर्ताले आदेश दिने उच्च अदालतका न्यायाधीशमाथि अनेक टिकाटिप्पणी गरिरहेका छन् । लामिछानेकी ‘साइबर कमाण्डर’ भनिने सो पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले त फेसबुकमा ‘झोले न्यायाधीश’ नै भनिन् । 

उता कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका उपसभापति डिपी अर्यालको कार्यक्षमतामाथि पनि कार्यकर्ताले प्रश्न उठाउन थालेका छन् । केही नेताले चियागफमा ‘डिपीले पार्टी उँभो लगाउन सक्दैन’ भन्ने चर्चा गर्न थालेको रास्वपा स्रोत बताउँछ । 

उक्त परिदृश्यमा लामिछानेबिनाको रास्वपा कस्तो होला ? जिज्ञासा उठ्नु स्वभाविक हो । स्रोतका अनुसार सांसद सुमना श्रेष्ठ अहिले त्यही जिज्ञासा बोकेर देश दौडाहा गरिरहेकी छन् । पार्टीभित्र शक्ति सञ्चयको अभ्यासमा रहेकी उनले अब लामिछानेबिनाको रास्वपा बन्नुपर्ने उद्धेश्यसहित पूर्व-पश्चिम गरिरहेको बुझिएको छ ।

कसलाई कटाक्ष गरेकी हु्न्, खुलेको थिएन । तर जानकारहरु भन्छन्, ‘त्यो कटाक्ष सुमनालाई नै हो !’ 

निकटहरुलाई समेत कुनै खबर नगरी सुमनाले देशव्यापी रुपमा आफ्नो सञ्जाल बनाइरहेको बताइन्छ । ‘सुमना दिदीले पार्टीको सम्पर्कभन्दा बाहिर गएर भेटघाट गरिरहनुभएको छ’, स्रोत भन्छ, ‘पार्टीको आयोजनाविपरित अभियान चलाइरहेको थाहा नहोस् भनेर बैठकहरुमा चाहिँ अनलाईनबाट भए पनि जोडिनुहुन्छ, र केही कारण देखाउनुहुन्छ !’

कार्यवाहक सभापति अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सहप्रवक्ता मनिष झा,सहकोषाध्यक्ष दिपक बोहरालगायतले सहकारी ठगी प्रकरणमा लामिछाने निर्दोष रहेको दावी गर्दै आए पनि सुमना भने ‘उनी चोखो छैनन्’ भन्नेमा ढुक्क रहेकाे बताइन्छ । ‘सुरुमा उहाँले पनि सभापतिज्यूको पक्षमा वकालत गर्नुभएकै हो, तर विस्तारै उहाँले यो प्रकरणको निजी तवरबाट अध्ययन गर्नुभयो, त्यसपछि आफ्नो मनस्थिति बदलेको देखिन्छ’, स्राेतले थप्याे ।  

बताइएअनुसार पार्टीको विभिन्न बैठकहरुमा कुनै विषयमा छलफल गर्दा उपसभापति डा. स्वर्णिम वाग्ले र श्रेष्ठको एकै किसिमको धारणा हुन्छ । ‘बाहिर मिडियामा त आफ्नो सभापतिको पक्षमा बोल्नु परिहाल्यो,तर भित्री छलफलमा चाहिँ अब पार्टीलाई  सभापतिसँगै सति पठाउनु हुँदैन, सभापति कहिँ न कहिँ ठगीमा संलग्न छन् भन्ने छ’, स्रोतले अघि भन्यो । 

श्रेष्ठले कन्टेन्ट क्रियटरहरुलाई पार्टीमा आवद्ध गराएर बलियो बन्ने रणनीतिसमेत अपनाएकी भनिन्छ । फेसबुक, युटुब, इन्स्टाग्राम, टिकटकका कन्टेन्ट क्रियटरहरू उनकाे प्राथमिकतामा पर्ने गरेकाे बताइन्छ । 

स्मरण रहोस्, लामिछानेकी उनै ‘साइबर कमाण्डर’ संग्रौलाले केही महिनाअघि सामाजिक सञ्जालमार्फत् पार्टीकै केही सांसदमाथि कटाक्ष गरेकी थिइन् । ‘लामिछानेको अनुहार बेचेर सांसद बनेकाहरुले पक्राउ परेपछि एक शब्द नलेखेको’ उनको आरोप थियो ।

संग्रौलाले त्यतिबेलालाई कसलाई कटाक्ष गरेकी हु्न्, खुलेको थिएन । तर जानकारहरु भन्छन्, ‘त्यो कटाक्ष सुमनालाई नै हो !’
 

टिप्पणीहरू