बारीमा ट्याक्टर लगाउँदै बाबुरामद्वारा चिन्ता व्यक्त

गृहजिल्ला गोरखाको भ्रमणमा रहनुभएका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले ट्याक्टर लगाएर बारी जोत्नुभएको छ।
गोरखामा मिनि पावर टिलर (ट्याक्टर)ले बारी जोत्दै गरेको भिडिओ उहाँले फेसबुकमा सेयर गर्नुभएको हो । सहयोगीसँगै ट्याक्टरको ह्यान्डल समातेर जोत्न सिक्नुभएका डाक्टरले केही सन्देश पनि छोड्नुभएको छ ।
'परम्परागत हलो-गोरू सट्टा मिनि पावर टिलरले जोत्न सिक्दै !', फेसबुकमा लेख्नुभएको छ, 'अझै ६० प्रतिशत घरपरिवार कृषिमा जोडिएको देशमा १० लाख हेक्टर अर्थात ४० प्रतिशत खेतियोग्य जमिन बाँझो बस्नु, पचासौं लाख श्रमशक्ति विदेश पलायन हुनु, बर्षेनी चार खर्ब रूपियाँ बराबरको कृषिजन्य वस्तु आयात गर्नु बिडम्वनापूर्ण छ ।'
वैज्ञानिक भूमिसुधार र कृषिको तीव्र आधुनिकीकरण विना समृद्धिको कुरा 'सम्धीको गफ' मात्र हुने व्यवहारबाट पुष्टी भैरहेको भन्दै चिन्ता जनाउनुभएका डाक्टरले यो स्थितिलाई बदल्न सबैले आ-आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
टिप्पणीहरू