प्रचण्ड र पासाङ गैँडाकोटमा बास बस्दै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आजको बास नवलपुरमा हुने भएको छ । स्थगित हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेश जागरण अभियानका लागि मनोनीत उपाध्यक्ष नन्दकिशोर पुन पासाङसँगै उहाँ गैँडाकोट पुग्नुभएको छ ।
उपाध्यक्ष पुन झण्डै एक दशकपछि पार्टीको मोफसल कार्यक्रममा सहभागी हुनुभएको छ । केही महिना अघिदेखि पार्टीको बैठकहरुमा सहभागी हुँदै आए पनि पूर्व उपराष्ट्रपति राजधानीबाहिरका कार्यक्रममा सहभागी भएको पहिलो पटक हो । चैत तेस्रो साता पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उपाध्यक्षमाक मनोनीत गरेसँगै पुनलाई पार्टी कार्यक्रमहरुमा औपचारिक सहभागिताको बाटो खुलेको
अभियानका लागि प्रचण्ड र पुनसँगै अर्का उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङलगायतका नेताहरुको आजको बास पनि गैँडाकोटमा राखिएको छ । आज र भोलि नवलपुरका स्थानीयसँग भेटघाट र अन्तक्रिया गर्न लागिएको जनाइएको छ ।
टिप्पणीहरू