एमालेले सात जनालाई 'कम्युनिष्ट योद्धा' को सम्मान दिने

नेकपा (एमाले)ले कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापनाको दिवसको अवसर पारेर उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) लाई सम्मान गरिनेछ ।
त्यस्तै, वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने पनि एमालेको निर्णय छ । निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण भएको दिनको सम्झनामा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिए ।
टिप्पणीहरू