क्षेत्रीलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी, सम्धीको ‘इन्ट्री’भएको दावी

क्षेत्रीलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी, सम्धीको ‘इन्ट्री’भएको दावी

मुलुक ‘ग्रे लिस्ट’ मा परेको,अर्थतन्त्र शिथिल हुँदै गएको,बैंकिङ क्षेत्रमा चुनौती थपिएको र अमेरिका–चीनको व्यापार युद्धले पार्नसक्ने असरको चिन्ता विश्वभर भइरहेको बेला हाम्रा नेताहरु  भने ढुंगे युगतिर फर्कन लागेका छन् । केन्द्रीय बैंकको गभर्नर रिक्त भएको एक साता नाघिसक्दा पनि सरकार सक्षम, इमान्दार र समस्या समाधानका लागि योग्य मौद्रिक अर्थशास्त्रीलाई फालेर अक्षम एवम् सर्वाधिक विवादित पूर्व प्रशासकलाई जसरी पनि गभर्नर बनाइ छाड्ने अभियानमा लागेको देखिँदै छ ।

सत्तारुढ एमाले र नेपाली काँग्रेसको शीर्ष नेतृत्वले दुई साताअघि फालेको बिचौलियारुपी पासालाई बीचमा जनआक्रोश मत्थर पार्न कामु गभर्नरको जिम्मा दिएपछि अब बाँकी काम फत्ते गर्न लागिएको बताइन्छ । कानुनतः गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिनु एक महिना अगावै नयाँ गभर्नर नियुक्त हुनुपर्दथ्यो । त्यो नगरेको सरकारले उनी अवकाश भएको भोलिपल्ट चैत २४ गतेदेखि नियुक्त गर्नुपर्ने नयाँ गभर्नरको पनि कुनै टुंगो लगाएन । अहिले एकाएक वित्तीय बजार,विज्ञ र परिस्थितिले माग गरेकोभन्दा फरक ढंगबाट उनै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीका नाममा प्रधानमन्त्री र काँग्रेस सभापति सहमत हुनै लागेको स्रोतको दावी छ । 

कानुनबमोजिम गभर्नर सिफारिस गर्न गठित समितिको बैठक हालसम्म बसेको छैन । अर्थमन्त्री संयोजक र दुई जना सदस्य रहेको समितिका पदाधिकारीहरुबीच अनौपचारिक भेटघाट र कुराकानीसमेत भएको छैन । समितिका एक जना सदस्य एक साताको लागि विदेश गएपछि कम्तीमा वैशाख पहिलो हप्तासम्म उक्त समितिको बैठक पनि बस्ने अवस्था छैन । बसे पनि उनीहरुले स्वतन्त्रतापूर्वक र ब्रम्हले देखेको योग्य व्यक्तिलाई गभर्नरमा सिफारिस गर्न नसक्ने अवस्था बन्दै गएको छ । 

अर्थ मन्त्रालयको उच्च स्रोत भन्छ, ‘यस्तो बेलामा पनि क्षेत्रीलाई गभर्नर बनाउन नेतृत्व तयार हुन्छ भने बुझ्नुस् मुलुक,जनता र अर्थतन्त्रप्रति कोही पनि जिम्मेवार छैनन् । सबैजनाले बिचौलियाको मतियार बन्नमै आनन्द मान्न थालेको संकेत हो यो ।’ क्षेत्रीलाई गभर्नर बनाएर बिचौलिया दीपक भट्टले अन्य नियमनकारी निकायपछि केन्द्रीय बैंक पनि आफ्नो कब्जामा लिन खोजेका समाचारहरु यसअघि नै बाहिरिएका छन् । 

लोकमानसिंह कार्की र भट्टको योजनामा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलाई उनैले फसाएका थिए । अहिले बूढानीलकण्ठलाई दाहिना बनाउँदै भटट्ले अघि सारेका चार महिने मुख्य सचिव राजेन्द्र क्षेत्रीलाई जसरी पनि गभर्नर बनाउनुपर्ने मागमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन लागेको बताइन्छ ।

सहसचिवसम्म कानुन मन्त्रालयमा काम गरेका क्षेत्रीलाई सचिव भएपछि उनै भटट्को योजनाअन्तर्गत जलविद्युततिर खेलोफड्को गर्न सरकारले ऊर्जा मन्त्रालयमा लगेको थियो । अख्तियार प्रमुख लोकमानसिंह कार्की र भट्टको योजनामा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलाई उनैले फसाएका थिए । अहिले बूढानीलकण्ठलाई दाहिना बनाउँदै भटट्ले अघि सारेका चार महिने मुख्य सचिव राजेन्द्र क्षेत्रीलाई जसरी पनि गभर्नर बनाउनुपर्ने मागमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन लागेको बताइन्छ । 

क्षेत्रीको निम्ति फागुन अन्तिम साता अर्थ मन्त्रालयले सरकारी नियुक्तीको मापदण्डमा रहेको ६५ वर्षे उमेर हद एकाएक हटाइसकेको छ । सरकारको नियत खराब रहेको जनाउँदै त्यसबारे सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भइसकेको छ । यी सबै खेल उनै क्षेत्रीको निम्ति भएको आशंका बिस्तारै यथार्थमा परिणत हुन थालेको छ ।

हालै कायम मुकायमको जिम्मेवारी दिइएकी डेपुटी निलम ढुंगाना तिम्सिनालाई पहिलो महिला गभर्नर बनाउने ‘बा’ को इच्छा पनि मरिसकेको स्रोतको दावी छ । अहिलेको अवस्थामा गभर्नरमा सबैभन्दा योग्य व्यक्तिको रुपमा लिइएका डा. प्रकाशकुमार श्रेष्ठको पक्षमा लबिङ गर्दै आएका एमाले महासचिव शंकर पोखरेलले समेत प्रधानमन्त्रीको कुरो सुनेपछि ‘हरेश’ खाएको एमाले वृत्तमा चर्चा छ । 

पञ्चायतकालमा पटक पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाले मुलुक सञ्चालन ‘भूमिगत गिरोह’ ले गरेको बताउँथे । पछिल्लो समय मुलुकका जिम्मेवार निकायहरुमा भएका नियुक्तिले समेत त्यसैको झल्को दिएको एकजना पूर्व अर्थसचिवको बुझाइ छ । धितोपत्र बोर्ड,बीमा प्राधिकरण,नेपाल स्टक एक्सचेञ्जलगायतको नियुक्ति नै पछिल्ला र गतिला उदाहरण हुन् । 

अर्कोतर्फ क्षेत्रीलाई गभर्नर बनाउन बालुवाटारमा दिइएको बूढानीलकण्ठको निरन्तर दबाबका पछाडि काँग्रेस सभापति देउवाका सम्धीसमेत जोडिएका खबरहरु बाहिरिएका छन् । देउवा तथा परराष्ट्रमन्त्री डा. आरजू राणाका एक्लो पुत्र जयवीरसिंहले पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी शिवानी श्रेष्ठसँग गत जेठमा इन्गेजमेन्ट र हालै विवाह गरेका छन् । शिवानी केदारभक्तका छोरा सञ्जीवभक्तकी कान्छी छोरी हुन् ।

विवाहपछि उनीहरु हनिमुनका लागि इण्डोनेसिया,फिलिपिन्स,मलेसिया र सिंगापुर गएका थिए । क्षेत्रीको नियुक्तिमा भट्टको विशेष ‘कोशेली’ व्यापारिक घरानाका सञ्जीवभक्तमार्फत् त्यही छेकोमा उतैउतै सेटल भएको आशंका धेरैको छ ।

टिप्पणीहरू