गोलीकाण्डका दुई जना पक्राउ, तीन अझै फरार

सुनसरीको देवानगञ्जमा हिजो साँझ भएको गोली काण्डका आरोपितहरु पक्राउ परेका छन् । देवानगञ्ज गाउँपालिका–१ का २७ वर्षीय रविनकुमार यादव र २१ वर्षीय पिन्टु यादव परेका हुन् ।
उक्त घटनामा संलग्न भएको आशंका गरिएका अन्य तीन जना फरार छन् । हिजो बेलुकी भएको गोली प्रहारबाट दुई जना घाइते भएका हुन् । घाइते स्थानीय शिवकुमार मेहता र रविनकुमार यादवमध्ये शिवकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते दुबैको विराटनगरस्थित नोबल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
टिप्पणीहरू