सुन्दर हार्डवेयरलाई राजस्व चुहावट अभियोग

सुन्दर हार्डवेयरलाई राजस्व चुहावट अभियोग

प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित सुन्दर हार्डवेयर एण्ड प्लाइउड फर्मका संचालक जोगेन्द्र अग्रहरीले ५४ लाख ४१ हजार राजस्व चुहावट गरेको अभियोगमा तुल्सीपुर उच्च अदालत बुटवल इजलाशमा मुद्दा दायर गरेको छ ।

५४ लाख ४१ हजार रुपैयाँ बिगो र शत प्रतिशत जरिवाना समेत गरी १ करोड ८ लाख ८२ हजार रुपैयाँ असुल तथा राजस्व चुहावट ऐन २०५२ को दफा २३ बमोजिम हदैसम्मको कैद सजाय माग गरी बैशाख २ गते मुद्दा दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभएको छ ।

सुन्दर हार्डवेयरले विभिन्न शीर्षकमा राजस्व चुहावट गरेको विभागले पसल तथा गोदामको अनुसन्धानमा खुलेको जनाएको छ । 

टिप्पणीहरू