मेयर र ठेकेदारबीच अवैध साँठगाँठको अनुपम नमूना कैलालीमा
कैलालीको गोदावरी नगरपालिकाको खैराना खोलामा अवैध उत्खनन्मा प्रयोग भएको अवस्थामा जफत गरिएका मेसिनहरु निशर्त छाडिएको छ । अस्ति आइतबार जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ गोगनबहादुर हमालसहितको टोलीले प्रहरी लगाई जफत गरेका मेसिनहरु एकाएक सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।
मालसहितको टोलीले अनुगमन गर्दा अवैध उत्खनन् भइरहेको भेटिएकोमा केही मेसिन र मानिस नियन्त्रणमा लिइएको थियो । तर ठेकेदार, क्रसर र मेयर वीरेन्द्र भट्टको मिलेमतोमा कारबाही (जरिवाना) नै नगरी प्रहरी कार्यालयबाट मेसिनहरु छुटाइएको हो ।
नियन्त्रणमा लिइएका मापदण्डविपरीत उत्खनन गर्दै रोयल्टी उठाउणे जेसिबी र टिप्परलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट मेयरको निर्देशनमा छाडिएको हो । मेयरले जरिवाना नै नगरी जेसिबी र टिप्पर छोड्न पत्र लेखी पठाएपछि छाडिएको त्यहाँका प्रहरी प्रमुख डीएसपी गङ्गा थापाले बताए । उनका अनुसार नगरपालिकाको पत्रानुसार मेसिनहरु र गाडी छाडिएको हो ।
खैरानाबाट ठेकेदारको बदमासीपछि २ वटा २ जेसिबी र एउटा टिप्परसहित मान्छे पनि समातिएका थिए। तर अन्यत्र कारबाही गर्दै जरिवाना गर्ने मेयर र नगरपालिकाले भने उनीहरूलाई छुट दिएको हो । जसले मेयरको ठेकेदारसँग सेटिङ रहेको स्पष्ट हुन्छ । उसो त मेयर आफैंले खैरानामा अवैध रुपमा जेसिबी प्रयोग गरेर आईईईविपरीत काम गर्ने ठेकेदार चिरञ्जीवी भट्ट र त्यहाँ रोयल्टी उठाउन प्रयोग हुने क्रसरका गाडी आफ्नै केटाहरुको भएको बताउने गरेका छन् ।
स्रोतका अनुसार अवैध उत्खनन्मा प्रयोग भएका जेसिबी र ट्रिपर भने गोदावारीकै श्रीपुर क्रसरका हुन् । सो क्रसरले विगत देखि नै रोयल्टी सम्बन्धि अवैध धन्दा गर्दै आएको छ । जसले मेयर भट्टसँग सेटिङ गरेकोमा उन्मुक्ति पाउदै आएको छ ।
अवैध उत्खनन् गर्ने ठेकेदार र क्रसरले नगरपालिका र मेयर भट्टसँग मिलेमतो गरेर सो काम गरिरहेको भएपनि कुनै निकायबाट कारबाही हुन सकेको छैन ।
टिप्पणीहरू