एमाले अधिवेशनमा होटलका बाउन्सर

एमाले अधिवेशनमा होटलका बाउन्सर

'पाखुराको दम' देखाएर कुनै बेला आफैलाई काँधैमा बोकेका विनोद ढकाललाई मानमर्दन गरे पनि एमाले नेता पर्शुराम बस्नेतले विराटनगरमा आफनो पकड जोगाउन सकेनन् । महानगर कमिटीको नयाँ नेतृत्वका लागि भएको चुनावमा संस्थापन (केपी-शंकर) खेमाको प्रतिनिधित्व गर्ने बस्नेतको समूह पराजित भएको छ ।  

आज सार्वजनिक मतपरिणामअनुसार संस्थापन समर्थित रोहित कोइराला समूहलाई पराजित गर्दै पूर्व राष्ट्रपति निकट ढकाल खेमाका बलराम गिरी नवीनको प्यानल नै विजयी हुन सफल भएको छ । गिरीले १७३ मत प्राप्त गर्दा प्रतिस्पर्धी कोइरालाले जम्मा १२१ भोट पाए । 

उपाध्यक्षमा सुवासप्रसाद न्यौपानेले १४५ मतसहित जित हात पार्दा ओली पक्षधर राम पोखरेल १३६ मतमा रोकिए । सचिवमा विज्ञान चापागाईंले १८३ मत ल्याउँदा नवराज काफ्लेलाई १०४ भोट परेको छ । उपसचिवमा ओली खेमाका चन्द्रशेखर विश्वासले ९८ मत ल्याउँदा झन्डै दोब्बर १७८ मतका साथ इतर पक्षका हमिद आजाद विजयी भए ।

उद्घाटन समारोहमा नजिकै रहेको बिग होटलका बाउन्सरहरु ल्याएर बाहुवल प्रदर्शन गरेको महानगर इञ्चार्जसमेत रहेका बस्नेतमाथि आरोप छ । उनले मञ्चमा अतिथिको आसनमा रहेका केन्द्रीय  सल्लाहकार विनोद ढकाललाई बोल्न नदिएर मानमर्दनसमेत गरेका थिए ।

निर्वाचनमा ३१४ प्रतिनिधिमध्ये ३०८ जनाले मतदान गरेका थिए । केही महिनाअगाडि सम्पन्न मोरङ जिल्ला कमिटीको निर्वाचनमा पनि इतर समूहले अध्यक्षसहित पदाधिकारी एकलौटी जितेको थियो ।  

महानगर कमिटीको अधिवेशन बुधबार शुरु भएको थियो । उद्घाटन समारोहमा नजिकै रहेको बिग होटलका बाउन्सरहरु ल्याएर बाहुवल प्रदर्शन गरेको महानगर इञ्चार्जसमेत रहेका बस्नेतमाथि आरोप छ । उनले मञ्चमा अतिथिको आसनमा रहेका केन्द्रीय  सल्लाहकार विनोद ढकाललाई बोल्न नदिएर मानमर्दनसमेत गरेका थिए । 

प्रदेश ईञ्चार्जले बोल्न दिन आग्रह गर्दा पनि बस्नेतले 'अवैधानिक अतिथि' भन्दै अपमान गरेका थिए । कार्यकर्ताले मानमर्दन गरेपछि नेता ढकाल आक्रोशित हुँदै मञ्चबाट ओर्लिएर गलामा लगाएको माला फुकाली प्याँक्दै कार्यक्रमस्थल छाडेर जान खोजेका थिए । तर, सर्मथकहरुले सम्झाएपछि मञ्चको तलै  रोकिए । 

युथफोर्सको नाममा गुण्डागर्दी गरेको आरोपसँगै विवादमा परेका पर्शुराम बस्नेतलाई त्यसबेला ओली समूहमै रहेका मोरङ जिल्ला अध्यक्ष ढकालले नै काँधमा बोकेर संरक्षण दिएका थिए । तर, पछिल्लो समय भने उनीहरुबीच पानी बाराबारको अवस्था छ ।

टिप्पणीहरू