देउवा दम्पत्ति सङ्गसङ्गै बैंककतिर

देउवा दम्पत्ति सङ्गसङ्गै बैंककतिर

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा थाइल्याण्डको राजधानी बैंकक जान लाग्नुभएको छ । उहाँ पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र परिवारका अन्य सदस्यसहित दिउँसो साढे १ बजे थाइ एअरवेजको उडानमा त्यता जाने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री भोलिदेखि हुन लागेको संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औं सम्मेलनमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन आगामी शुक्रबारसम्म हुँदैछ । 

पूर्व प्रधानमन्त्री देउवा भने उपचारको लागि जान लाग्नुभएको बताइएको छ । उहाँहरु उपचार र सम्मेलन सकाएर शुक्रबार मात्र फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू