सत्ताउन्मुख ईभेण्ट व्यवस्थापन परियोजनाका विवादस्पद पक्षहरु

“सही मान्छे बन्नुहोस् महसुर हैन । कहिलेकाहीँआफु गलत रहेछु भन्ने कोशिस गर्दा पनि आफ्नो अहङ्कारलाई राहत पुग्छ”(कयानु चाल्र्स रिभ्स,क्यानाडाली अभिनेतार सङ्गीतकार) ।
हाम्रो पालामा पाठ्यक्रममानभएकाले एस ब्राउन र जे जेम्सले इभेण्ट मैनेजमेण्ट सम्वन्धमालेख्नु भएकाकितावहरु मैले पढेको छुइन । घरमा पितृश्राद्ध बाहेक अरु तामझामका कुनै कार्यक्रमहरु आयोजना गरेको छुइन,केटाकेटीहरु पढ्दै छन् । त्यसैले थरिथरिका डिजाइन गरेर इभेण्ट अर्थात आयोजना–कार्यक्रम व्यवस्थापन गर्न पनि जानेको छुइन । तर,डोनाल्ड गेट्ज,डी टास्सियो पौलस लगायतले इभेण्टबारे अर्थ्याउनु हुदाउदेश्य,कारोवार,लगानी–खर्च–प्रतिफल,जनउपस्थिति,आर्जन गर्ने अनुभव, लाग्ने समय,अरु चलखेल,विभिन्न वातावरणीय पक्ष,सुरक्षा,विविधता,आयोजकको प्रभाव समेतका पक्षहरुको चर्चा गर्नुभएकाले व्यवस्थापकीय दृष्टिकोणले उधमी,सामाजिक,खेलकुद,कला साहित्य,मनोरञ्जन,परिवारिक आदि इभेण्ट होलान तर राजनीतिमा पनि इभेण्ट व्यवस्थापन हुन्छ र भन्ने जिज्ञाशा उठ्न सक्छ ।
राजनीतिकदलहरुले खर्च गरेर,हिड लजिङ्ग फूडिङ्ग मुफ्तभन्दै ओशार पसार गरेका भिडतन्त्रको आयोजना पनि एक प्रकारको इभेण्ट त हो नी भन्ने मैले सहज रुपमा लिएर आफ्नै प्रकारको अति सहज सोच बनाएको छु ,राजनीतिक दलका कार्यक्रमहरुको दृष्य अदृष्य पक्षहरु मागहिरिएर विश्लेषण गर्ने हो भने अव प्रष्ट रुपमा इभेण्ट व्यवस्थापन हो भन्न सकिने अवस्था छ,यस मामिलामा म गलत पनि हुन सक्छु । मदन भण्डारी कलेजका व्यवस्थापन प्राज्ञ डा.प्रमोद भण्डारी उपाध्याय अहिलेका राजनीतिक दलका विरोध कार्यक्रमलाई‘ईभेण्टम्यानेजमेण्टको प्रत्यक्ष हैनपरोक्ष प्रकृति’मान्नु हुन्छ ।
इभेण्ट आयोजनामा देखिएका विकृतिको आआफ्नै पक्ष होलान । तर राजनीतिमा देखिएका अराजनीतिक इभेण्टले देशलाई चैनले राख्न सक्ने विश्वास गर्न सकिने स्थिति छैन । २५ फागुनको राजाको विमानस्थल स्वागत कार्यक्रमको आयोजनाको बायप्रोडक्टको रुपमा १५ चैत वि.सं.२०८१ का तीनकुनेमा गणतन्त्रको विरोधमा राजतन्त्रपक्षधरहरुको एवं भृकृटिमण्डपमा सरकारको कुशासनको विरोध तथा गणतन्त्रको पक्षमा समाजवादी पक्षधरका अलगअलग ठूला इभेण्टको आयोजना भए । यीआयोजना गर्दा भृकृटी मण्डप पक्षधरहरु संवैधानिक तवरले विरोध गरेकाले आफूलाई इभेण्टको स्वोट एमालाईसिस गरेकोमा दक्ष ठानेर केही अप्रिय घटना नहुनेमा ढुक्क थिए भने संविधान नै नमान्ने तीनकुनेका इभेण्ट मैनेजरहरुको नेतृत्व रणभूल्लमा परेको पाईयो । तीनकुनेमा राजनीति,अनुसन्धान,प्रशासन,व्यवस्थापन बुझेका पूर्व मन्त्रीहरु नवराज सुवदी,डा.प्रकाशचन्द्र लोहनी,पशुपतिशमसेर जवरा,रमासिंह लगायतकाको उपस्थिति थियो ।
पञ्चायती व्यवस्थामा जनमत संग्रह पछि इतर पक्षधरहरुले आफ्नो विरोध जुलुसमा सरकारी घुसपैठ नहोस भनेर शुरु देखिनै मान्छेको पंक्तिबद्ध जुलुस निकाल्ने गर्दथे । अनेरास्ववीय एकताको पाँचौका केन्द्रीय पदाधिकारी भिम रावल विराटनगर आएको बखत महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस देखि बजार अड्डा चौक सम्मको विधार्थीको अनुशासित जुलुस शहीद मैदानमा गएर भीम रावलले करिव २ घण्टा बोल्नु भएको,नेता तारानाथ रानाभाट आउँदा नेवि संघले र अध्यक्ष लिलामणी पोखरेल आउँदा अ.ने.रा.स्व.वी.यु.छैठौँले आयोजना गरेको कार्यक्रम(इभेण्ट) माश्रोतालाई जुरुक्क उचाल्ने मन्तव्य व्यक्त गरेपनि सहज रुपमा सम्पन्न भएको भन्ने चर्चा चलेको थियो । तीनकुने प्रतिरोधको आयोजकहरु आफुले पञ्चायतमा भोगेका विरोधको सामना गरेका अनुभवी पक्कै हुनुहुन्थ्यो ।
वास्तवीक सही गणतन्त्रवादीहरुलाई चाहिँ पाखालाउन सक्षम सभ्रान्त–जिम्दारी–रजगजी–चिल्ला सुकिलायूएसयड,यूएनडीपी,आईएमएफ,विश्व बैङ्कको सहयोग आवद्धतामा रमाएका गणतन्त्रवादी तथा आगामी दिनमा आफूले पनि केही पाउने आशामा रहेका थपिदै गएका नवगणतन्त्रवादीहरुसमेतले आफ्नो साम्राज्यलाई ध्वस्त पार्न नेपाली राजनीतिक इतिहासको थपिएको पानामा शान्तिपूर्वक आफैँले छोडेका राजतन्त्रका पक्षधर आन्दोलनका राजावादीहरुका विभिन्न समूहले स्वार्थ,डाह,ईष्र्या,आखाँ गाडेको कहाँ हेर्न सक्थे र भन्ने साधारण मानिसले पनि आँकलन गर्नसक्ने अनुमानप्रति वेवास्ता गरे । त्यसपछि राजावादीहरु आफैँ भित्र पनि हेर्दाहेर्दै चप्पल लाउन नसक्ने तर रातारात चिल्ला सुकिला भएर चम्केका धुरन्धरहरु,एकजुट हुन नसकेर राजालाई प्रभाव पार्न–देखाउन अनेक तामझाम गर्दै गुट–उपगुटमा प्रस्फुटित पात्रहरुको भित्री मनोभाव र स्वार्थलाई विश्लेषण गर्न नसक्दा तीनकुने इभेण्टमा देखिएको भीडतन्त्रमा मख्ख परेर संसारै जितेजस्तो ठान्दा जे दुःखद घटना घट्न गयो, त्यसप्रति सरकार त दोषमुक्त हुनै सक्दैन र आयोजकले सरकारलाई मात्र दोष दिएर जिम्मेवारीबाट पन्छिन नसकिने व्यहोरा पनि बुझ्न जरुरी छ भन्ने बहश शुरु भएको छ । “भीडले के स्वीकार गर्छन र के अस्वीकार गर्छन मैले नजानेको हुनाले कहिले पनि भीडलाई खुशी सन्तुष्टि पार्ने इच्छा मैले गरिन । आफ्नाहरुलाई समेट्नु पर्ने बेलामा तपाईँ त्यस बखत भीडमा रहन वाध्य हुनुहुन्छ”(इपीकुरस,ग्रीकदार्शनिक) भन्ने कुरा भीड जम्मा गरेर रमाउने तर धुम्रिँदो परिस्थितिको वास्तै नगर्ने अनिधुमेलोमा रमाउने प्रवृति भएका पो हुन कि जस्तो लाग्ने ईभेण्टको आयोजकले अन्य थान लिएर भावनात्मक रुपमा मनन् गर्नु उपयुक्त हुन्छ ।
एमालेले ११ वैशाख वि.सं.२०८२ मा आयोजना गर्ने युवा प्रर्दशनको भीड इभेण्ट नगरे हुन्थ्यो भन्ने यो शुभेच्छा त्यति कै शुभचिन्तनीय छ जसरी विश्वको दुर्लभ तत्कालीन करिव दुई तिहाईका बामप्रम केपीशर्मा आलीज्यूले संसद विघटन गर्दा यो कदम संविधानको स्थिर सरकारको लागि भएको प्रावधानको विपरित भएकाले सर्वोच्च अदालत अलमलिदैन भनेर सामाजिक सञ्जालका भित्तामा यो पंक्तिकारले त्यसबेला फैशला अघि नै सचेत गराएको थियो । विचार सार्थक हुनुपर्छ । लहड र रहर अलग कुरा हुन । “तपाईको विचारले तपाईँलाई जहाँ लैजान्छ तपाईँ त्यही हुनुहुन्छ,र जहाँ तपाईँको विचारले लैजान्छ भोलि तपाईँ त्यही नै पुग्नुहुन्छ”(जेम्स एलेन,दार्शनिक तथा लेखक,वेलायत) । एमालेको पदाधिकारीले नेतृत्व लिएको स्थानीय तहको महिला अदालत(न्यायीक समिति) मा पेश गरेका कानून सम्मतका प्रमाणहरु हेर्दै नहेरी हुनेखाने झगडीयाको पक्षमा पहिले नै निर्धारित सेटिङ्ग गरिएको व्यवस्था अनुरुप गरिव,निमुखालाई वास्ता नगरी सोझै फैशला गर्ने र ती निमुखाले मेरो पेश गरिएको प्रमाण वेगर ममाथी अन्याय गरियो भनेर हार गुहार गर्नुपर्ने अवस्था सिर्जना गरिएको छ छैन अर्को शव्दमा भन्ने हो भने न्यायपालिका हैन कार्यपालिका हावी भएको न्यायीक समिति खारेज हुन योग्य उन्मुख त भएका छैनन् ?न्यायीक समितिमा हुने समुहले प्रमाण हेर्ने कि सेटिङ्ग हेर्ने ? समितिमा बदनियत गर्नेलाई कारवाही गर्ने गरिएको छ छैन ? एमाले पार्टीको खोल ओढेका स्वार्थी समूहले तल्लो वर्गलाई माथि उठाएका छन् की दवाएका छन् ?चीनको पार्टीले जस्तो तलको समितिलाई परिचालन गरेर उनीहरुको उत्पादनलाई उचित दाम दिलाएर,उनीहरुको दुःख सुःखको आँकलनमा सहभागी भएर पार्टीलाई जनप्रिय बनाउन सदस्यहरु लागेका छन कि दोहनमा मात्र ध्याउन्न छन् ?आफ्नै दलका सदस्यले घरबारविहिन भएर उठीवास हुनुपर्ने अवस्था भएको बेला यही हो मौका भनेर अर्को पात्र खडा गरेर आफैँले घरवार हत्याउन पो लागेका त छैनन् ? दललाई धुति मान बनाउने वास्तविक सदस्य समर्थक कति छन् ?सरकारको डेलीभरी प्रभावकारी छ छैन ? करिब डेढलाख वर्ग किमिको यो देशमा प्रदेश किन चाहियो ? स्थानीय करको कारण तल्लो वर्गको ढाड त भाँचिएको छैन ? काठमाडौं महानगरपालिकाको सन्दर्भमा 'पीएहरुबाट व्यवस्थालाई जोगाउनुपर्ने भो' भन्ने आशयमा जनआस्थामा एउटा समाचार प्रकाशित भएको थियो । मेरा विद्यालय मित्र मोतिलाल दुगड वाणीज्य सहायक मन्त्री भेटन गएको थिएँ तर सचिवालयका कर्मचारीहरु त ढोकामा कनसुतली पो लागेका थाहा पाएँ । यस्ता सबै पक्षहरुतिर ध्यान दिनुपर्ने बेला मान्छेको भीड जम्मा गरेर कसलाई प्रदर्शन गर्नु परेको हो ? धम्किदिएको हो कि हार गुहार गरेको हो अलमल्ल लाग्ने जस्तो गरेर किन आत्तिएको ? जस्ता अनेकौँ प्रश्नहरु अलग वैचारिक धार भएका पुराना नेताहरुले छोडेर शुद्ध भएको भन्ने दाबी गरिएको नेपालको सबभन्दा दरिलो र मजबुत सङ्गठनात्मक सिक्रि भएको ठानीएको पार्टी एमालेलाई अहिले जनताले मनभित्र,मन बाहिर चिया पसल,चौतारी,फाल्चाहरुमा उठाई सकेका छन्।
हिजो आफूले दलभित्र गुट बनाउँदा होस् वा अराजकतालाई प्रोत्साहन गर्दै सत्ताधारी दलसँग अदृष्य मोलतोल गदाको अवस्था होस् अहिले आएर त्यही विगतको अनुसाशनहिनता एवं अराजकताले उदण्ड रुप देखाउँदै छ । कार्यरत प्रमलाई व्यक्तिगत नराम्रा अराजक शव्द प्रयोग गरेर सोसल मिडिया प्रशारित हुनु,सरकार डराएको ठानेर ओलि सरकार ढल्ने पक्षमा भनेर मिडियामा बहस आउँछ । सरकार आफू ढल्ने कुराको विपक्षमा हैन पक्षमा पो छ भनेर कराउने लेख्ने कस्ता ज्ञान पाएका मिडियाले ? अनुशासन विगत,वर्तमान र भविष्यका सरकारको लोकतान्त्रिक औजार हो । वरिष्ठ सञ्चारकर्मी भेषराज धमलालाई भारतीय नेताको जस्तो कलर भएको कोट लाउन मनपर्छ ,कसैलाई जवाहरलाल नेहरुको जवाहरी–ज्वारीकोट पहिरने सोख चल्छ । गणतन्त्र हल्ल्यिो भनेर सोसल मिडिया भरिएको पाइन्छ ।
‘व्यर्थको प्रयत्न’(पूर्व मन्त्री तथा एमाले नेता प्रदिप ज्ञवाली, १ बैशाखको सचिवालय बैठकमा व्यक्त मनत्व्यको शव्द) भनेर चेतावनी दिनुभन्दा जनतामा व्याप्त निराशाको लागि दलहरु कहाँ चुके भनेर आत्मालोचना गर्नु मनासिव हुन्छ । कुनै पनि तन्त्र आफैँ हल्लिने हुन्न । सञ्चालक पात्रहरुले नै हल्लाउछन् आ–आफ्ना तन्त्रहरुलाई–वादहरुलाई । स्वतन्त्रतार समानता अव नेपालको गणतान्त्रिक लोकतन्त्रले हेर्न छोडेको छ ,सभ्रान्तर समाजमा अपराधी भनेर औंला ठड्याइएकाहरुले लोकतन्त्रलाई हडप्न शुरु गरेका छन् । कोदो छरेर गहुँ फल्छ र ?सत्तामा भएपनि नभएपनि आफ्ना प्रियजन भनेको नेपालीको लागि नेपाली नै हुन्,उनीहरुको बीचमा हुनु नै पर्याप्त हुन्छ । अरु बाहिरकाले कति दिन बोक्लान र स्वार्थ पुरा भएपछि के हविगत पार्ने हुन भन्ने कुराको हेक्का हुनुपर्छ । अतिमहत्वकांक्षाले चरित्र,नैतिकता,सिद्धान्त,आस्था सबै बन्धक राखेर विविध स्वरुपका मालिकको दलाली गर्छ । देखिने सत्यभन्दा नदेखिने सत्य डरलाग्दो हुन्छ ।“सामान्यतया जुन कुरालाई सत्य मानिन्छ प्रायःयसको उल्टो नै हुन्छ सत्य । एउटा गुलामको सिर्फ एक मालिक हुन्छ तर महत्वकांक्षी मानिसको धेरै मालिक हुने हुन्छन्”(जिन डेला ब्ररुयरा,फ्रान्सेलीदार्शनिक र नैतिकतावादीव्यङ्गकार) ।
उदारवाद,विश्वव्यापीकरण,नव उदारवाद मात्र होइन लोकतन्त्र र मर्यादित कुटनितिको परिभाषाले पनि कोल्टे फेरिसकेको छ ।जोनडेभिसन रकफेल्लर ले–“मित्रतामाथि आधारित व्यापारभन्दा व्यापारमाथि आधारित मित्रता राम्रो हुन्छ” भनेर उहिले भन्नु भएको सार्थक विचार मनन योग्य छ । राजनीतिको व्यापार भनेको जनतालाई प्रदान गरिने सेवाबाट देखिने उत्पादन र परिणाम हो । राज्य सत्ताको दोहन गरेर नाफा कमाउनको लागि कायम हुने मित्रताभन्दा जनताको लागि गरिने पवित्र,राष्ट्रवादी, देशभक्तिपूर्ण सेवाको राजनीतिक व्यापारमा आधारित मित्रता टिकाउ हुन्छ ।“तपाइलार्ईँ र मलाई हामी दुवैलाई अहिले पनि समय छ ,हामीले आफ्नो व्यवहारलाई पुराना अनुभवबाट पाठ सिकेर अहिले समय छँदै व्यवस्थित गरौँ । विश्वासले कैयौँपटक मानिसलाई विभाजित गर्छ रशङ्काले उनीहरुलाई एकआपसमा मिलाउँछ”( डेविड ह्यूम,दार्शनिक–इतिहासविद्–अर्थशास्त्री–लेखक,स्कटलैण्ड) ।
प्रजातन्त्रको पूर्नस्थापना २०४६ सालमा भएपछि भएको एउटा संवैधानिक आमनिर्वाचनमा मोरङ्गबाट एमालेकातर्फबाट नेपाली नेल्सन मण्डेला मोहनचन्द्र अधिकारी र नेपाली काँग्रेसका शेखर कोईरालाको आपसमा प्रतिष्पर्धा थियो । निर्वाचनको प्रचार अभियानको अन्तिम दिन विराटनगरमा मोहनचन्द्रको जनप्रर्दशन देखेर विचरा शेखरलाई नेकाले बलिको बोको बनायो भन्ने जनमतमतदानको नतिजा शेखरको पक्षमा आएपछि स्तब्ध भएको थियो । बाम जन प्रर्दशन देखेपछि नेकाले रातारात कार्यनीति तथा रणनीति बदलीयो । यो कुरा पक्कै पनि एमालेले बिर्सेको छैन । हामीलाई आफैँले मलजल गरेका एमाले भित्र त्यहाँ उर्जावान हुन थालेको अहङ्कारले समेटन नसकेकाले अलग पार्टी खोल्न बाध्य भयौँ भन्नेहरुलाई एमाले झन शुद्ध भयो निस्केर जानेहरुको कारण भन्न त हुक्के बैठकेको चाप्लुसीमा सहजै होला तर,मनभित्र नजानिदो पीडा लुकेको जनताले देखेका छन्।
अभिभावक भएर सबैलाई समेटन नसक्ने र एकता भताभुङ्ग पार्ने सबै दलमा यो लागु हुन्छ । सत्ताकै लागि अर्थात सत्ता तन्त्रको लागि राप्रपाले पनि बैशाख ७ गते प्रदर्शन गर्ने अर्को अहङ्कार ईभेण्टको प्रोजेक्ट गर्दै छ भन्ने समाचार बाहिर आएको छ । हाम्रो बसमा त केही राजनीति रहेनछ भन्ने जनतामा अनौठो विश्वास जागेको बेला सशक्त छौँ भन्ने कसलाई देखाउनु छ र ? फेरि पनि भन्छु –भीडको ‘१ लाखको प्रर्दशन ईभेण्ट मैनेजमेण्ट प्रोजेक्ट’को सञ्चालन अहिले लगत्तै कसैले नगरौँ ! सडक ईभेण्टको विकल्पमा अरु ईभेण्टपनि त होलाननी!“मुर्खताबाट उत्पन्न आत्मविश्वास सबभन्दा ठूलो हुन्छ”(हरिशङ्कर परसाई,भारत)भन्ने कुरा नबिर्सौँ ।
टिप्पणीहरू