भीम रावलतिर जानेको संख्या बढ्यो
सुदूरपश्चिम प्रदेशमा एमाले छोड्नेहरु बढेका छन् । यस क्रममा आइतबार सामुहिक रूपमा ७६ जनाले नेकपा (एमाले),नेकपा (समाजवादी) लगायतका पाटी परित्याग गरेका छन् । विभिन्न दल त्याग्नेले डा. भीमबहादुर रावललाई सहयोग दिने घोषणा पनि गरेका छन् ।
डा. रावललाई संगठित सदस्यसमेत नरहने गरी निष्काशन गरिएपछि एमाले सहितका दल छोड्नेको संख्या बढ्दै गएको छ ।
रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानमा जोडिनेमा एमाले सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरसमेत छन् । उनको नेतृत्वमा आइतबार ७६ जनाले सामुहिक रूपमा एमाले,समाजवादी र विभिन्न पार्टी परित्याग गरेका हुन् ।
नेपाल र प्रवासमा गरेर अहिलेसम्म पाँच हजारभन्दा बढीले एमाले लगायतका विभिन्न पार्टी त्यागेर डा. रावलको पक्षमा लाग्ने घोषणा गरेको
मातृभूमि जागरण अभियानमा जोडिएका रमेशबहादुर कुँवरले बताए ।


टिप्पणीहरू