स्मार्टमा अनियमितता, अख्तियार कता ?

स्मार्टमा अनियमितता, अख्तियार कता ?

महानगरमा सुशासन छ, भ्रष्टाचार शून्य छ भन्ने लाग्छ भने त्यो बिल्कुलै गलत हुनेछ । सीमित व्यक्तिले चाहे काठमाडौं महानगरपालिकामा जे गरे पनि छुट छ किनकि महानगरमा बालेनको हुकुम छ । विगतमा च्यानलमा भ्रष्टाचार हुन्थ्यो भने अहिले सीधै सचिवालयबाटै हुन्छ । 

पछिल्लो तीन वर्षका कामकारबाही हेर्ने र अख्तियारले साँच्चै आँटेर अनुसन्धान गर्ने हो भने महानगरका जनप्रतिनिधिदेखि कर्मचारीहरूको उठिवास हुने देखिन्छ । संघीय संरचनापश्चात् सरकारी विद्यालयलाई एकरूपता र हरियालीमय बालमैत्री बनाउने भन्दै तत्कालीन मेयर विद्यासुन्दरले केही योजना कार्यान्वयनमा ल्याए । अहिले त्यही निरन्तर छ । त्यसलाई होस्टेमा हैंसे गर्दै बालेन साहले ‘बुक फ्रि फ्राइडे’ थाले भने ०५१÷५२ बाट बन्द भएको व्यावसायिक शिक्षालाई ‘शिक्षामा सीप’ नामकरण गरे । जसले विद्यार्थीलाई केही रूपमा दक्ष बनाउन सहयोग पनि मिलेको छ तर अहिले बालेनको सचिवालय र शहरी योजना आयोगका विज्ञहरूलाई त्यही सरकारी विद्यालय पनि दुहुनु गाई बनेको छ । विगतमा केही स्मार्ट बोर्डलगायत सामग्री खरिद गर्न विद्यालयलाई नै जिम्मा दिइएको थियो । शिक्षा विभागले टेण्डरबाट गर्नुपर्ने ल्यापटप खरिद पनि ठूलो बजेट भएका कारण टुक््रयाएर कोटेशनमा विद्यालयबाटै खरिद गर्न लगाई हिसाब लिएका थिए । 

विशेष शिक्षामा बढी चासो दिने व्यक्ति शहरी योजना आयोगमा विज्ञ नियुक्त इञ्जिनियर शैलेन्द्र झा हुन् । शैलेन्द्र झा संलग्न सबै कार्यक्रमको बजेट खर्च हेर्ने हो भने दूधको दूध पानीको पानी छुट्टिन्छ । शैलेन्द्र ‘टिच फर नेपाल’ मा काम गर्दा पनि आर्थिक हिनामिनामा मुछिएका थिए । 

अहिले विवादमा रहेको विषय विद्यालयलाई उपलब्ध गराउने स्मार्ट बोर्ड नै हो । यो बोर्ड शैलेन्द्र झा, सुनिल लम्साल र उनले ल्याएका सुदीप ढकालहरूको ‘स्पेसिफिकेसन’ अनुरूप टेण्डर आह्वान गरी खरिद गरिएको हो । स्मार्ट बोर्ड खरिदमा अनियमितता भएकै कारण केही विद्यालयबाहेक अन्यत्र हस्तान्तरण भएको छैन । शैलेन्द्र, सुनिल लम्सालहरूले नै सामाजिक सञ्चालमार्फत त्यसको व्यापकता देखाए पनि बोर्ड भने गोप्य रूपमा पद्मोदय स्कूलमा लगेर डम्प गरिएको छ । 

बजारमा ६२ देखि ६६ हजारसम्म पर्ने सो बोर्ड ९० हजारभन्दा बढीको हाराहारीमा किनिएको छ । हरेक सामुदायिक विद्यालयका लागि भन्दै एक करोड १५ लाख बराबरको स्मार्ट बोर्ड गरिद गरिएको छ । जसमा महानगरपालिकाको शिक्षा विभागका प्रमुख गोविन्द शर्माले राजीनामा दिएको लामो समय भए पनि न राजीनामा स्वीकृत भएको छ न त उनी कार्यालय नै आएका छन् । त्यही भएर पनि निमित्त रहेका केशव ज्ञवालीले नै शैलेन्द्र झाको निर्देशनअनुसार सूचना प्रविधि विभागसमेतको मिलेमतोमा सो कार्य जारी राखिएको छ । 

तर, सूचना विभागका प्रमुख अनिरुद्र नेपालले आफूलाई प्रविधिका विषयमा जानकारी नभएको भन्दै सुनिल लम्सालमार्फत बुटवलतिर करारमा कार्यरत कर्मचारीलाई महानगरपालिकामा सरुवा गरेर ल्याइएका माधव खनाललाई जिम्मेवारी दिइएको बताए । उनी सूर्यविनायक नगरपालिकामा बस्दा सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी गरेको काण्डमा परेका थिए । 

– रामभक्त मानन्धर, डल्लु
 

टिप्पणीहरू