दिउँसो समातिएका राप्रपाका नेता साँझ कागज गरेर छुटे
सिंहदरबारभित्रै व्यवस्थाविरोधी नारा लगाएपछि प्रहरी नियन्त्रणमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु छुटेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्गदेन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाहीसहित ७ जना नेता दिउँसो सिंहदरबारबाट समातिएका थिए । उनीहरुलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेको थियो ।
पूर्वएआइजी तथा राप्रपा केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठको जिम्मा जमानीमा साँझ कागज गराएर छोडिएको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘सातै जनालाई कागज गरेर छाडिएको छ, भर्खर निस्कनुभयो ।’
ता, राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक जारी छ । पार्टीका शीर्ष नेताहरु पक्राउ परेपछि हत्तपत्त प्रदर्शन सकेर आकस्मिक बैठक बोलाइएको थियो ।
टिप्पणीहरू