१० पदका लागि ११० जना विज्ञ भिड्दै
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारी लागि सयभन्दा बढी आवेदन परेको छ । वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि ११० जनाले आवेदन दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चैत ११ गते सिंहदरबारमा बसेको बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो ।
पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्व राजदूत अर्जुनकुमार कार्की, मानवअधिकारकर्मी स्टेला तामाङ र लिली थापा सदस्य रहेको कमिटीले हिजोसम्मको समयसीमा दिएर आवेदन खुलाएको थियो । अब प्राप्त निवेदनहरुको अध्ययनगरी योग्य व्यक्तिहरुको सर्ट लिस्ट तयार पारेर सरकारलाई बुझाउने छ ।
त्यसपछि सरकारले दुबै आयोगमा अध्यक्षसहित पाँच/पाँच पदाधिकारी नियुक्त गर्नेछ ।
टिप्पणीहरू