‘सडकमा धेरै तमासा नदेखाउनू’

‘सडकमा धेरै तमासा नदेखाउनू’

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडकमा धेरै तमासा नदेखाउन शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । पार्टी निकट प्रगतिशील प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा शिक्षकहरुले लाखौँ बालबालिकाको भविष्यसँग खेलबाड गरिरहेको उहाँको टिप्पणी छ ।

शिक्षकहरुको आन्दोलनले सामुदायिक विद्यालयको भर्नामा प्रत्यक्ष असर पुगेको र निजी विद्यालयले त्यसको फाइदा उठाइरहेको ओलीको अनुभव छ । ‘त्यत्रा मान्छे आएर घरी जादू देखाको छ, घरी नाचेको छ, घरी सुतेको छ’, उहाँले व्यंग गर्दै भन्नुभयो, ‘ऐन लेर जान्छौँ रे, ऐन बोक्न यत्रो मान्छे चाहिन्छ ? पाँच जना आएको भए भइहाल्थ्यो नि ।’

प्रतिगामी शक्तिहरुले अपराधिक उपद्रव र बितण्डा मच्चाइरहेको बेला बल पुग्नेगरी यहीबेला किन आन्दोलन गर्नुपर्यो ? ओलीले प्रश्न समेत गर्नुभयो । अघि भन्नुभयो, ‘भर्ना नगर्ने, उत्तरपुस्तिका नजाँच्ने भनेर यहाँ बस्नुभएको छ, तर उहाँहरुलाई कुनै लाभ छैन । अभिभावकलाई घाटा छ, विद्यार्थीलाई घाटा छ । फेरि आन्दोलन पनि गर्ने, अनि वार्तामा पनि नआउने अनौठो सुन्या छु । त्यस्तो हुँदैन, तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र घर फर्किनुस् ।’

प्रधानमन्त्री ओलीले माध्यामिक तहमा एसईई परिक्षाको कुनै औचित्य नदेखिएको भन्दै संरचनामा पुर्नविचार गनुपर्ने पनि बताउनुभएको छ । ‘मैले त एसईईको औचित्य पनि देख्या छैन, माध्यमिक तह भनेपछि प्लस टु भइहाल्यो । केन्द्राध्यक्ष भन्या छ, के के भन्या छ । यो सुधारको लागि सरकारले काम गर्छ’, उहाँले थप्नुभयो ।

टिप्पणीहरू