राजधानीका अधिकांश स्कुल बस प्रदूषित

राजधानीका अधिकांश स्कुल बस प्रदूषित

राजधानीमा सञ्चालित अधिकांश स्कुल बस प्रदूषण परीक्षणमा अनुतीर्ण भएका छन् । काठमाडौं महानगरपालिकाद्वारा गरिएको चेकजाँचका क्रममा एकाध बाहेक सबैमा प्रदूषण समस्या पाइएको छ ।

ट्राफिक प्रहरी र वातावरण व्यवस्थापन विभागसँगको सहकार्यमा महानगरले आज कमलपोखरीमा विभिन्न विद्यालय तथा कलेजका गाडीहरुको प्रदूषण चेकजाँच गरेको थियो । २१ वटा सवारीसाधनमध्ये नौ वटाको मात्र प्रदूषण अवस्था ठीक हालतमा पाइएको बताइन्छ ।

प्रदूषण जाँचमा फेल भएका ११ वटा सवारीसाधनलाई पाँच सय रुपैयाँका दरले जरिवाना तिराइएको छ । साथै आवश्यक मर्मत गर्न निर्देशन दिइएको महानगरले जनाएको छ ।

टिप्पणीहरू