आज समातिएका राजावादी पनि दुर्गा प्रसाईंकै गृह जिल्लाका
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजावादीहरुले गरेको तोडफोड, लुटपाट र आगजनीमा संलग्न थप एक जना समातिएका छन् । झापाको अर्जुनधारा नगरपालिका–५, घर भएका ४८ वर्षीय ओम प्रकाश लुईंटेललाई प्रहरीले पक्रेको छ ।
त्यस दिनको हिंसात्मक आन्दोलनमा उनी पनि सहभागी रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान गर्न अदालतबाट चार दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
टिप्पणीहरू