प्रधानमन्त्रीलाई अष्टलक्ष्मीको प्रश्न- ‘विद्यालाई किन सहयोग नगरेको ?’

प्रधानमन्त्रीलाई अष्टलक्ष्मीको प्रश्न- ‘विद्यालाई किन सहयोग नगरेको ?’

नेकपा (एमाले) की सांसद विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि पार्टीकै शीर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाउन थालेका छन् । प्रधानमन्त्री ओलीकै असहयोग र दबाबको कारण भट्टराईले राजीनामा दिएको विश्लेषण भइरहँदा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि ‘इमान्दार भएकै कारण राजीनामा दिनुपरेको हो ?’ भन्दै असन्तुष्टी पाेखेकी हुन् । 

‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ?’,उनको प्रश्न छ, ‘विद्या भट्टराई सक्षम,इमान्दार,नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजिनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?’

उपाध्यक्ष शाक्यले उच्च नैतिकता देखाएकाेमा भट्टराईलाई धन्यवाद पनि भनेकी छन् । ‘कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन,अझ उच्च बनाएको छ । तपाईंको इमान र  नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्’, उनले थपेकी छन् ।

टिप्पणीहरू