प्रधानमन्त्री भन्नुहुन्छ : गति छाड्दिनँ

प्रधानमन्त्री भन्नुहुन्छ : गति छाड्दिनँ

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि आफूविरुद्ध गलत प्रचार गरिएकोमा आपत्ति जनाउनुभएको छ । नेकपाको ७६औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य समस्याको कारण भट्टराईले राजीनामा दिएको तर आफूविरुद्ध भ्रामक प्रचार गरिएको उल्लेख गर्नुभयो ।

आफ्नै पार्टीकी मन्त्रीलाई सहयोग गरिरहेको र सिकाइरहेको उहाँको जिकिर छ । ‘एकजना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ, प्रधानमन्त्रीले बसिखानै दिएन रे’, उहाँले भन्नुभयो, ‘मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु, सहयोग गरिरहेकै छु, सिकाइराखेकै छु ।’ 

भट्टराईले स्वास्थ्य समस्याको कारण ठूलो मन्त्रालय सम्हाल्न नसकेको प्रधानमन्त्रीको तर्क छ । ‘अस्ति भर्खरै स्वास्थ्य समस्या देखिएकाले अप्रेसन गर्नुभयो, ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो, यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन’, उहाँले थप्नुभयो । 

त्यस्तै, उहाँले ‘हाइ हाइ’ हुने माध्यमहरु प्रशस्त भए पनि गति नछाड्ने दाबी गर्नुभयो । भन्नुभयो,  ‘मैले गति छाड्ने हो भने हाइ हाइ भइन्छ, यस्तो हुनुपर्छ नि भन्छन् तर हाम्रो पथ त्यस्तो होइन । हामी महान परिवर्तनको उद्देश्यबाट आएका हौँ ।’

टिप्पणीहरू