आईडल यमुनासँग कारोबार नगर्न आग्रह

आईडल यमुनासँग कारोबार नगर्न आग्रह

समस्याग्रस्त घोषित आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीसँग कुनै पनि वित्तिय कारोबार नगर्न सम्बन्धित सबैलाई सचेत गराइएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सूचना जारी गर्दै सञ्चालक, व्यवस्थापन तथा कर्मचारीलाई सहकारी बन्द गर्न निर्देशन दिनुका साथै बचतकर्तालाई कारोबार नगर्न भनेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत चैत १९ गते काठमाडौंको नयाँ बजारमा कार्यालय रहेको आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । 

हकारी समस्याग्रस्त घोषणा भएसँगै सञ्चालक समिति, व्यवस्थापक तथा कर्मचारीको अधिकार स्वतः निलम्बन हुने जनाउँदै कार्यालयले सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु बुझाउनसमेत निर्देशन दिएको छ । साथै, बचतकर्तालाई बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाण सुरक्षित रुपमा राख्न र ऋणीलाई ऋण भुक्तानीका निम्ति समितिमा सम्पर्क राख्न भनिएको छ । 

‘साविक सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुसँग कुनै पनि कारोबार नगर्नू,’ सूचनामा भनिएको छ, ‘संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र समन्वय गरी काम कारबाही गर्न अनुरोध छ ।’

टिप्पणीहरू