कुलमानको पक्षमा अडान लिएका उर्जा राज्यमन्त्री बर्खास्त
उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त भएका छन् । कुलमानको पक्षमा अडान लिएका उनले राजीनामा दिन नमानेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेको बताइएको छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णयमा राज्यमन्त्री तामाङले असहमति राखेका थिए । त्यसपछि आफ्नै पार्टीका नेतासमते रहेका उर्जामन्त्री दिपक खड्का र प्रम ओलीको पेलानमा परेका उनलाई पद छोड्न दबाब थियो ।
बताइएअनुसार गृहमन्त्री रमेश लेखकले केही दिनअघि तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाएका थिए । तर, राजीनामा नदिने बताएपछि आफू बर्खास्तीमा परेको उनले जनआस्थासँगको कुराकानीमा बताए ।
टिप्पणीहरू