‘ब्ल्याक लिस्ट’ मा पर्ने ठेकेदारको संख्या बढ्यो

‘ब्ल्याक लिस्ट’ मा पर्ने ठेकेदारको संख्या बढ्यो

समयमै काम नगर्ने आधा दर्जन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई ‘ब्ल्याक लिस्ट’ मा राखेको हो । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि डेढ वर्षका लागि ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयको जनाएको छ । नियमअनुसार यी कम्पनीले अब कालोसूची अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

कालोसूचीमा पर्ने ठेकेदार कम्पनीमा एमएस सेलकम टेक्नोलोजी प्रालि, विद्या कन्स्ट्रक्सन, डाइनामिक कन्स्ट्रक्सन अफ लुम्बिनी, ग्रेटवाल बिल्डर्स प्रालि, फेरि इन्भाइरोमेन्टल सर्भिसेस प्रालि र अद्धैत निर्माण सेवा छन् ।

टिप्पणीहरू