भारतको फरिदावाद पुग्दै डा. भट्टराई

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भारत जानुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ मा आज दिउँसो पौने २ बजे काठमाडौंबाट त्यता जानुभएको हो ।
छोरी तथा सोही पार्टीकी उपाध्यक्ष एवम् विदेश विभाग प्रमुख मानुषी यमी भट्टराईसँगै उता जानुभएका पूर्व प्रधानमन्त्री आगामी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।
डा. भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनका लागि जानुभएको हो । भारतको फरिदावादमा समाजको अधिवेशन भोलिदेखि शुरु हुँदै छ । हरियाणा राज्यको फरिदावाद नयाँ दिल्लीबाट २५ किलोमीटर टाढा छ ।
टिप्पणीहरू