नेकपा एसको केन्द्रीय सचिवालयको बैठक बस्दै
नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । पार्टी मुख्यालय आलोकनगरमा आज दिँउसो २ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, पार्टीले गरिरहेको आन्दोलनको विषयमा पनि छलफल गरिने जानकारी दिइएको छ ।
पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराका साथ गत चैत १ गतेदेखि आन्दोलन शुरु गरेको थियो । तर, राजावादी आन्दोलनले पार्टीको आन्दोलन प्रभावित भएपछि कार्यतालिका संशोधन गरेर पहिलो चरणको कार्यक्रम सार्वजनिक गरिएको छ ।
टिप्पणीहरू