प्रदिप अधिकारीलाई अश्लिल गाली नगरेको प्रेम आलेको प्रष्टोक्ति
नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वमन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकारणका महानिर्देशक (डिजी)लाई अश्लिल गालि नगरेको बताएका छन् । ‘डिजीलाई अश्लिल शब्द प्रयोग गरेको’ भन्दै प्रकाशित समाचारप्रति उनले आपत्ति जनाए ।
आलेले हिजो संसदको रोष्ट्रमबाटै ‘पार्टीको दबाब झेल्न नसकेर प्रदीप अधिकारीलाई प्राधिकरणको डिजी बनाउनु परेको’ खुलासा गरेका थिए । तर, संसद सचिवालयले प्रत्यक्ष प्रशारण गरेको भिडियोमा प्राविधिक समस्याको कारण उनले ‘मुन्छे’ भन्दा आवाज काटिएर अर्कै अश्लिल शब्द बोलेकोजस्तो सुनिन्छ । सोही सन्दर्भलाई केही मिडियाले हाइलाइट गरेर ‘डिजीलाई मु* शब्द प्रयोग गरेको’ भन्दै समाचार सम्प्रेषण गरेपछि आलेले आज आक्रोश पोखेका हुन्।
‘हिजो मैले संसदमा बोलेको कुरा राम्रोसँग नसुनी अश्लिल शब्द बोलेको भन्दै समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘मैले हिजो संसदमा कुरा राखिराख्दा पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डिजी बनाउनुपर्यो भनेको थिएँ, त्यसलाई तोडेमोड गरेर गलत समाचार फैलाइयो।’
पोखरा र भैरहवामा अन्तराष्ट्यि विमानस्थल निर्माणको क्रममा भएको अबौँ भ्रष्टाचारको विषयलाई डाइभर्ट गर्न कतिपयले आफ्नो हुर्मत लिने प्रयास गरिरहेको आलेको बुझाई छ ।
‘त्यस्ता भ्रामक समाचार फैलाउनेहरुलाई २५ सय वाटको स्पिकर लगाएर हिजोको अभिव्यक्ति सुन्न अनुरोध गर्छु’, उनले अघि भने, ‘मैले भन्दै आएको छु पोखरा र भैरहवामा अबौँअब भ्रष्टाचार भएको छ , त्यो विषयलाई डाइभर्ट गर्न मेरो हुर्मत लिन कस्सिएका छन् ।’
यो पनिः प्रदीप अधिकारी ‘चोर कि सज्जन’ भन्ने पत्तो नपाइएको पूर्वमन्त्रीको खुलासा
टिप्पणीहरू