दुई जिल्लाका सिडिओलाई मन्त्रालय तानियो
गृह मन्त्रालयले दुई जिल्लाका सिडिओलाई मन्त्रालय बोलाएको छ । मन्त्रालयले दुई सहसचिवलाई सिडिओ बनाइएको छ । एक जिल्लाका सिडिओलाई अर्को जिल्लामा सरुवा गरिएको छ ।
जसअनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । त्यहाँका श्यामकृष्ण थापालाई रामेछापको सिडिओमा सरुवा गरिएको छ ।
रामेछापका राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैशीलाई पनि मन्त्रालय बोलाइएको छ । मन्त्रालयका बद्रीनाथ गैह्रेलाई दैलेख पठाइएको छ ।
टिप्पणीहरू