सरकारको नीति तथा कार्यक्रम १९ गते
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुहुने भएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै त्यसबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ९५ बमोजिम उक्त दिन संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ ।
राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरुलाई उक्त दिनको पौने ३ बजे नै आफ्नो आफ्नो आसनग्रहण गरिसक्नु हुन आग्रह गरिएको छ । उक्त दिन निर्धारण गरिएको पोशाकमा उपस्थित हुन पनि भनिएको छ ।
सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । त्यसको ठिक एक महिनापछि जेठ १५ गते अनिवार्यरुपमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।
टिप्पणीहरू