दोष एउटाको, डामिए अर्कै

दोष एउटाको, डामिए अर्कै

नेकपा (एमाले) का लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले धरौटी रकम बुझाएको अदालतले स्वीकारेको छ । हिजो मोरङ जिल्ला अदालतमा उपस्थित भएर उनले धरौटीबापतको १३ लाख ५४ हजार रुपैयाँ बुझाएका हुन् । धरौटी बुझाएसँगै उनीविरुध्द जारी पक्राउ पुर्जी खारेज भएको र प्रहरीलाई त्यसबारे पत्राचार पनि गरिसकिएको अदालतका श्रेस्तेदार मणिराम पोखरेलले बताए । 

जनआस्थासँग भने,‘अदालतले ठहर गरेको धरौटी रकम बुझाएपछि उहाँविरुध्द जारी भएको पक्राउ पुर्जी खारेज भएको छ । अदालतले प्रहरीलाई सो विषयमा पत्राचार पनि गरिसकेको छ ।’ विराटनगरका उद्यमी श्याम राठी वादी रहेको गौतमबुध्द हाइड्रोपावर प्रालिको व्यापारिक लेनदेन मुद्दामा उनीसँगै अर्का सञ्चालक देवराज खनालसँग २०८१ वैशाख ३१ गते १३ लाख ५४ हजार रुपैयाँ धरौटी माग भएको थियो । 

अदालतले मानहानी कसूरमा उनलाई ६ महिना कैद सजायको आदेश दिएको र पक्राउ गर्न  अदालतले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्र लेखेको थियो । पक्राउ पुर्जी जारी भएको व्यक्ति गत वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा देखिएको भन्दै बिबाद उछालिएको थियो । 

पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् । प्रदेशको पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका उनी सार्वजनिक लेखा समितिमा सभापति पनि थिए । 

यसवीच आफ्नो अवस्थावारे पन्थीले भनेका छन्-यो श्याम राठी भन्ने (पल्लवी इलेक्टृकल बिराटनगर) महँगोमा एउटालाई सामान बेच्छ अनि मुद्दा हाल्छ अर्कोलाई बिराटनगरमा । म्याद तामेली बेरीतपूर्वक सिंहदरबारको पूर्वी गेट काठमाण्डौमा गर्छ । एकतर्फी मुद्दा जित्छ । फैसलामा गौतम बुध्द हाइड्रोपावरबाट असुल उपर गर्नु भन्ने आउँछ अनि ४६ जनामा रोजेर बिष्णु पन्थीलाई पुर्जी कटाउँछ,लेखाउँछ,हल्ला गराउँछ । महिमा अपरम्पार छ ।

टिप्पणीहरू