विश्व बैंकका भाइस प्रेसिडेण्ट र इजरायली राजदूत सिंहदरबारमा

विश्व बैंकका भाइस प्रेसिडेण्ट र इजरायली राजदूत सिंहदरबारमा

नेपाल भ्रमणमा रहेका विश्व बैंकका क्षेत्रीय भाइस प्रेसिडेण्ट मार्टिन राइजरले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् । मन्त्री पौडेल र दक्षिण एसियाली भाइस प्रेसिडेण्टबीच हिजो बिहान ११ बजेदेखि १२ बजेसम्म कुराकानी भएको थियो ।

परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासबीच भेटवार्ता भएको बताइन्छ । उहाँहरुबीच हिजो मध्यान्हको समयमा करिब ४५ मीनेट कुराकानी भएको थियो । भेटघाटमा पारस्परिक हित र विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

टिप्पणीहरू