पानीजहाज सञ्चालनबारे सिंहदरबारमा छलफल

पानीजहाज सञ्चालनबारे सिंहदरबारमा छलफल

सिंहदरबारमा बसेको संसदीय समितिको बैठकमा नेपालको पानीजहाज सञ्चालनबारे छलफल गरिएको छ । संघीय संसद सचिवालयको राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थपन समितिको आजको बैठकमा उक्त विषयमा छलफल भएको हो ।

समिति सभापति तुलसा कुमारी दाहालको सभापतित्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, समिति सदस्यहरु कृष्णप्रसाद सिटौला, गोपाल भट्टराई, बेदुराम भुसाल, जयन्तीदेवी राईलगायतको उपस्तिथिमा बसेको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिएको थियो ।

टिप्पणीहरू