च्यासलमा एमालेको पूर्वतयारी बैठक
नेकपा एमालेले पर्सि शनिबार मदन भण्डारी र जीवराज आश्रितको ३२ औं स्मृति दिवस मनाउँदैछ ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । नेताद्वयको सम्झनामा हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।
यस वर्ष पनि स्मृति दिवसलाई भव्य बनाउन विभिन्न कार्यक्रम गरिँदैछ । त्यसका लागि एमालेका जनवर्गीय संगठन गृहकार्यमा जुटेका छन् । आज महासचिव शंकर पोखरेलको उपस्थितिमा सम्पर्क समन्वय कमिटीले पार्टी मुख्यालय च्यासलमा पूर्वतयारी बैठक राखेको छ ।
दिउँसो साढे २ देखि साँझ सवा ५ बजेसम्म बसेको बैठकमा उक्त कमिटी प्रमुख तथा स्थायी समिति सदस्य लालबाबु पण्डित, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य भिष्म अधिकारी, अनेमसंघका अध्यक्ष टुका भद्र हमाललगायत करिब ३० जना उपस्थिति रहेको बताइएको छ ।
टिप्पणीहरू